कोरोना संक्रमित ह्वात्तै बढेपछि कोरियाका प्रधानमन्त्रीले भनेः आपतकालीन अवस्था निम्तियो

एकै दिनमा सय जनाभन्दा बढीमा कोरोनाको संक्रमण देखिएपछि प्रधानमन्त्री चुङ से–क्युनले आपतकालीन अवस्था निम्तिएको बताएका छन्।

शुक्रबार कोरोनाबाट कोरियामा दोस्रो व्यक्तिको मृत्यु भएको छ। हालसम्मको तथ्यांकअनुसार कोरियामा २ सय ४ जनामा कोरोनाको संक्रमण देखिएको छ।

दक्षिण कोरियाली अधिकारीहरुले कोरियामा कोरोना भेटिएको पहिलो स्थान चेओङ्दो क्षेत्र भएको अनुमान गरेको छ। गत जनवरी ३१ देखि फेब्रुअरी २ मा त्यहाँ धार्मिक भक्तजनहरुले एक अत्येष्टीमा भाग लिएका थिए।

हाल नयाँ कोरोनाभाइरसको सङ्क्रमण अझ फैलिन नदिने उद्देश्यले विभिन्न सुरक्षाका विभिन्न उपायहरू अवलम्बन गरिएको छ।

दक्षिणी सहरहरू डाएगु र चेओङ्डोलाई विशेष हेरचाह क्षेत्र घोषणा गरिएको छ।

Workers on scooters disinfect the streets of Daegu, South Korea. Photo: 21 February 2020

डाएगुका सडकहरू अहिले प्राय सुनसान भएको बीबीसीले जनाएको छ।

परीक्षणमा ३ सैनिकहरूमा पनि कोरोनाभाइरस सङ्क्रमण भएको पाइएपछि दक्षिण कोरियाले सेनालाई पनि निश्चित घेरामा सीमित गरेको छ।

एउटा धार्मिक समूहका सदस्यहरूमा कोरोनाभाइरसको सङ्क्रमण व्याप्त रहेको पाइएपछि अधिकारीहरूले त्यसका ९,००० सदस्यलाई आफैँ क्वारेन्टाइनमा बस्न भनेका छन्।

त्यहाँ शुक्रवार ५२ जनामा कोरोनाभाइरस देखिएको पुष्टि भएको छ।

यसै हप्ता केहीअघि चेओङ्डो सहरमा अधिकारीहरूले दक्षिण कोरियामा पहिलो पल्ट एक मानिसको मृत्यु कोरोनाभाइरसका कारण भएको जनाएका थिए।

ती पुरुष एउटा मानसिक स्वास्थ्य उपचार केन्द्रमा लामो समयदेखि उपचाररत बिरामी थिए।

त्यहाँ उनीसहित अन्य १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो।

विश्वमा अहिलेसम्म ७६,००० भन्दा बढी मानिसमा कोभिद–१९ भएको पुष्टि भएको छ भने २,२४७ जनाको मृत्यु भएको छ।

अधिकांश सङ्क्रमण र मृत्युका घटना चीनमा भएका छन्।

चीनमा ७५,००० जनामा सङ्क्रमण भएको र २,२३६ जनाको मृत्यु भएको तथ्याङ्क छ।

उक्त भाइरस विश्वका २५ भन्दा बढी मूलुकमा फैलिएका छन्। १७ हजारभन्दा बढी कोरोनाबाट संक्रमित बिरामी उपचारपछि स्वस्थ भएको खबर पनि सार्वजनिक भएका छन्। बीबीसी

सुन तस्करीमा सोझा नेपाली फस्न थालेपछि विदेशबाट नेपाल आउने यात्रुहरूको लागि अत्यन्त जरूरी सूचना

Previous articleजनकपुरमा यसरी हुँदैछ शिब पूजा
Next articleकार्यकर्ताको दबाबका कारण पार्टीमा व्यक्तिवादी सोच मत्थर हुँदै : नेता महत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।