एसइईको नतिजा आजै सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ

काठमाडौँ-राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ ।

कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कुनै प्राविधिक समस्या नआएमा आज अपराह्नसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए ।

यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने जनाइएको छ । विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने छ ।

गत चैत १५ गतेदेखि सुरु भएको एसएईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

एसइईको नतिजा यसरी हेर्न सकिन्छ ।

 

Previous articleरत्ननगर १६ मा वातावरण मैत्री अन्तरक्रिया तथा सामाग्री वितरण
Next articleखैरहनीकाे डेजी स्कुलका दुई विद्यार्थीले ल्याए ४ जिपिए 
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।