रास्वपासँग कुनै पदको बार्गेनिङ गरेको भन्ने आरोप सही छैन : कुलमान घिसिङ

Click Image

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाको एकताका क्रममा आफूले कुनै पदको बार्गेनिङ नगरेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा अध्यक्ष घिसिङले आफू रवि लामिछानेलाई सभापति र बालेन शाहलाई बरिष्ठ नेता स्वीकार गरेर नै रास्वपासंग एकता गरेको भन्दै पदको बार्गेनिङ गरेको भन्ने आरोप सहि नभएको बताएका हुन् ।

पार्टी व्यवस्थापनका बिषयमा आफुले छलफल गर्दा रास्वपाका शीर्ष तहबाट एकता भंग भएको जानकारी आएको उनले बताए । उनले सो समयमा समानुपातिक उम्मेदवार चयनमा उज्यालो नेपाल पार्टीले त्याग नै गरेको दावी गरे । तर प्रत्यक्षमा उज्यालो नेपालका तर्फबाट अलि बढि उम्मेदवार उठाउने प्रस्ताव आफुहरुले गरेको उनले बताए ।

उनले आफुले प्रत्यक्षतर्फको उम्मेदवार उठाउने विषयमा कुरा राख्दा रास्वपाले एकता भंग गरेको र आफू आश्चर्यचकित भएको उल्लेख गरे ।

घिसिङले उज्यालो नेपाल पार्टीसँग एकता भंग गर्न रास्वपालाई अन्यत्रबाटै दवाव आएको हुनसक्ने आशंका व्यक्त गरे । आगामी चुनावका लागि पार्टीले सशक्त रुपमा तयारी गरिसकेको उहाको भनाइ छ ।

Previous articleरङ्गमा रंगिँदै नेपाल: टाटा पेन्ट्सको २२ वर्षे यात्रा, नायिका श्रृष्टी खड्कालाई ब्रान्ड एम्बेसडर !
Next articleचितवन–१ मा एमाले पहिलो हुन्छ, अन्य दल दोस्रोका लागि प्रतिस्पर्धा गर्दैछन् : दावा लामा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।