मुकुललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न सिफारिस

0
138

२५ असार, काठमाडौं । रास्वपाको अनुशासन आयोगले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ ।

रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।

सो सिफारिसबारे जारी केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ ।

रास्वपाका एक नेताका अनुसार आयोगको सिफारिसमाथि छलफल गरेर केन्द्रीय समितिले आवश्यक निर्णय लिनेछ ।

Previous articleचितवनको पुरानो सदरमुकाम ऐतिहासिक उपर्दाङ्गगढीको कोतघर पुनःनिर्माण गरिँदै
Next articleनारायणी नदी किनारमा ३ वटा शव फेला