भ्रष्टाचारीलाई कारवाही गर्न नेविसंघको माग

काठमाडौं, ९ फागुन । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भ्रष्टाचारीलाई कारवाही गर्न माग गर्दै विरोध गरेको छ ।

नेविसंघ केन्द्रीय समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोध कार्यक्रममा नेविसङ्घले भ्रष्टाचारीलाई संरक्षण नगर्न सरकारलाई आग्रह गरेको हो ।

कार्यक्रममा नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले जनताले तिरेको करले भ्रष्टाचार गर्न नपाइने बताए । “भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको सरकारका मन्त्रीमाथि नै भ्रष्टाचारको आरोप लाग्नु दुःखद् कुरा हो,” उनले भने ।

अध्यक्ष ढुङ्गानाले बहुमत प्राप्त सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप समेत लगाए ।

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले मन्त्रीको राजीनामाले मात्र भ्रष्टाचार उन्मूलन नहुने भन्दै भ्रष्टाचार गर्ने मन्त्रीलाई कानूनी कारवाही गर्नुपर्ने बताए ।

The post भ्रष्टाचारीलाई कारवाही गर्न नेविसंघको माग appeared first on Koshi Online.

सोमबार सार्वजनिक बिदा

Previous articleअखिलका पूर्वनेता इन्द्रहाङले बलात्कार गरेको ठहरिएनः फरेन्सिक रिपोर्ट
Next article१३ वर्षमा १० मन्त्रीले गुमाए पद, तीन जनामा अनियमितताको आरोप
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।