भेटिएनन् त्रिशूलीमा खसेका दुवै बस, शुक्रबारको खोजी कार्य स्थगित

0
200

काठमाडौँ । पहिरोले त्रिशूली नदीमा खसेका दुईवटा बस अहिलेसम्म बेपत्ता रहेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले शुक्रबार दिनभर खोजी कार्य गरे पनि फेला पर्न सकेको छैन ।

प्रहरीका अनुसार शुक्रबार बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं २९ सिमलतालमा पहिरोमा परी दुई यात्रुबाहक बस त्रिशूली नदीमा खसेका थिए ।

त्रिशूलीमा खसेका बसमा वीरगंजबाट काठमाडौं आउँदै गरेको विङर र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस रहेको प्रहरीले जनाएको छ ।

वीरगंजबाट आएको बसमा २४ जना र गणपति डिलक्समा २७ जना यात्रु सवार रहेको निवर्तमान गृहमन्त्री रवि लामिछानेले संसदमा जानकारी गराएका थिए ।

अहिले उक्त स्थानमा सशस्त्र प्रहरी बलका २८ गोताखोरसहित पाँच सय सुरक्षाकर्मी परिचालन भएका थिए ।

अहिलेसम्म यात्रुको अवस्था अज्ञात रहेको र शुक्रबारका लागि खोजी कार्य स्थगित भएको प्रहरीले जानकारी दिएको छ ।

136

Previous articleराष्ट्रपतिबाट संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान, ओली प्रधानमन्त्री बन्ने
Next articleसिमलताल दुर्घटना : यात्रुको अवस्था अझै अज्ञात, बिहानैदेखि खोजी सुरु