चौथो खप्तड गोल्डकप सुरु : कञ्चनजंघा फुटबल क्लब (भारत) क्वाटरफाइनलमा

0
54

धनगढी । नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो सस्करण धनगढीमा सुरु भएको छ । सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा शुक्रबारदेखि धनगढी रंगशालामा सुरु भएको हो ।

यही फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा भारतको कञ्चनजंघा फुटबल क्लब विजयी भएको छ । धनगढी रंगशालामा भएको खेलमा वागमती युवा क्लब सिराहलाई टाईब्रेकरमा ४–२ ले हराउँदै कञ्चनजंघा क्वाटरफाईनल प्रवेश गरेको हो । निर्धारित समयसम्म दुवै टीमले गोद रहित वरावरी खेलेपछि भएको टाईब्रेकरमा कञ्चनजंघालाई जिताउन गोलरक्षक निगम सिंह नायक बने । उनले वागमतीका विपिन तुमसिङ मगर र अनिल मगरको प्रहारलाई रोकेका हुन् ।

यसअघिको दुवै हाफमा कञ्चनजंघाले अधिकांश समय वल आफ्नो पोल्टामा राखेको भएपनि गोल गर्न नसकेपछि टाईव्रेकरबाट छिनोफानो गरिएको हो । खेलमा कञ्चनजंघाका निगम सिंह दिनेश सोप म्यान अफ द म्याच भए ।

उनले नगद १० हजार सहित ट्रफी पाए । पहिलो खेलमा जित हात पारेको कञ्चनजंघाले अव सेमिफाईनल प्रवेशका लागि आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत शनिवार शसस्त्र प्रहरी बल एपिएफ र न्युरोड टीम एनआरटी बीच प्रतिस्पर्धा हुने आयोजक क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए ।

फागुन ९ गतेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ ।

१ करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितालाई दैनिक १० हजार दर्शकले प्रत्येक्ष तथा दुई करोड मानिसले अप्रत्यक्ष रुपमा प्रतियोगिता बारे जानकारी पाउने आयोजकले दावी गरेको छ ।

The post चौथो खप्तड गोल्डकप सुरु : कञ्चनजंघा फुटबल क्लब (भारत) क्वाटरफाइनलमा appeared first on Rajdhani Daily News.

पुस २७ देखि रत्ननगर महोत्सव, तयारी तिव्र टाँडीमा फुड फेस्टिवल

Previous articleभ्रष्टाचारीलाई कारवाही गर्न नेविसंघको माग
Next articleजिल्ला प्रहरी कार्यालय नजिक प्रेसरकुकर बम, डिस्पाेजल टाेली घटनास्थलमा