Home Uncategorized प्रेममा सम्बन्ध आफैं हुने कुरा हो

प्रेममा सम्बन्ध आफैं हुने कुरा हो

नयाँ पुस्ताकी मोडलका रूपमा कञ्चन चालिसे परिचय बनाउने क्रममा छिन् । नाटकबाट ‘करिअर’ थालेकी उनी सिन्धुली दोभानकी हुन् । त्यहाँबाट बसाईँ सरेर एक दशकदेखि धनुषा लालगढ आएकी उनी अध्ययनका लागि आधा दशकअघि काठमाडौं आइन् । कञ्चनले पछिल्लो नाटक, मोडलिङ र चलचित्रमा ‘करिअर’ बनाइरहेकी छन् । एक वर्षअघि गायक प्रमोद खरेलको गीत ‘दुनियाँलाई हँसाइ हँसाइ मलाई रुवाएर गयौं…,’बाट भिडियो मोडलिङ यात्रा सुरु गरेकी कञ्चनले एक दशकमा आधा दर्जनबढी भिडियोमा काम गरिसकेकी छन् ।

त्यसो त, उनले नायिकाको साथीका रूपमा ‘छ माया छपक्कै’, ‘गुञ्जन,’जस्ता चलचित्रमा काम गरेकी छन् । नायिका बन्ने लक्ष्यसाथ अघि बढेकी कञ्चन संघर्षरत कलाकारमध्येकी एक हुन् । उनै कञ्चनसँग राजधानी दैनिकका लागि डब्बु क्षत्रीले गरेको छोटो संवाद :

कला यात्रा कस्तो चल्दै छ ?

दुःख पनि छ तर रमाइलो पनि । दुःख यसकारण कि नयाँ कलाकारलाई काम पाउन गाह्रो छ । यो क्षेत्रमा लाग्ने दृढ अठोट भएकाले चलचित्र, भिडियो र नाटकमा काम गर्दा रमाइलोसँगै खुसी लाग्छ ।

नायिका नै बन्ने लक्ष्य हो त ?

अवश्य, सुरुवात सानो भूमिकाबाट सुरु गरेर ठूलोमा जाने योजना छ । चलचित्र क्षेत्रमा आफन्त नहुँदा पहिला आफ्नै क्षमताले माथि उठ्नुपर्छ । म आफ्नो अभिनय र क्षमतामा विश्वस्त छु ।

कलाकारलाई कस्ता कठिनाइ हुँदा रहेछन् ?

सबैले भेटेपछि फिल्ममा लिन्छु भन्छन् । तर, पछि बोलाउँदैनन् । वास्तै गर्दैनन् । त्यो रोल नै कथाबाट हटाएँ भन्छन् । केही फिल्मबाट यस्तै समस्या भोगिरहेकी छु ।

भूमिका दिन्छु भनेर नदिँदा कस्तो लाग्छ ?

दुःख लाग्छ । केही फिल्ममा राम्रो भूमिका पाए पनि ‘ड्रेसअप’ आफूले बेहोर्नुपर्ने प्रस्ताव गर्छन् । घरको खर्चले काठमाडौंमा पढिरहेको संघर्षरत कलाकारले स्थापित नायिकाजस्तै चलचित्रमा हरेक सिनमा आफैंले ड्रेस ल्याउन त गाह्रो हुँदो रहेछ । तैपनि, सकेसम्म त व्यवस्था गरेकी छु ।

कलामा कतिको पैसा छ त ?

‘छ माया छपक्कै’मा दीपकराज गिरी दीपा दिदीले पारिश्रमिक दिनुभयो । अर्को फिल्मबाट पनि पाएँ । नाटकमा चाहि“ आफ्नै घरको खाएर आफ्नै खर्चमा काम गर्नुपर्छ । भिडियोमा सुरुमा सित्तै गरे पनि अहिलेचाहि“ पारिश्रमिक लिन थालेकी छु ।

अनि काम गर्ने क्रममा प्रेम प्रस्ताव कति आउँछन् ?

आउँछ । त्यो त स्कुले जीवनदेखि नै आएको हो । आजकाल प्रेम आउनु, प्रेम सम्बन्ध हुनु र ‘ब्रेकअप’ हुनु सामान्य भइसक्यो । आर्थिक कारण र विचार नमिल्दा ‘ब्रेकअप’ हुन्छ ।

यसको अर्थ प्रेम सम्बन्ध छ ?

तत्काल छैन । पहिला एउटाले एकतर्फ प्रेम गथ्र्यो । मलाई पनि मन परेको हो । तर, उसले अर्कैसँग विवाह ग¥यो । त्यसैले अहिले प्रेममा आफूलाई नभुलाउने लक्ष्य लिएकी छु । अब म प्रेमभन्दा ‘करिअर’मा फोकस हुँदै छु ।

तन्नेरी पुस्ता प्रेमजस्तै यौनमा पनि खुला छन् भनिन्छ नि ?

प्रेम सम्बन्ध भएपछि त्यो आफैं हुने कुरा हो । एकअर्कामा विश्वास भएपछि त्यो सामान्य हो । तर, विश्वसघात हुनुहुँदैन । विश्वासघातकै कारण नेपालमा पतिपत्नीका बीच सम्बन्धविच्छेदको घटनाक्रम बढेको हो ।

The post प्रेममा सम्बन्ध आफैं हुने कुरा हो appeared first on Rajdhani Daily News.

विकासको मूल फुट्न थालेको मुख्यमन्त्री गुरुङको भनाइ

Previous articleसुनदेखि लसुनसम्म कोरोना भाइरसको प्रभाव
Next articleआज पनि वर्षा र हिमपात हुने सम्भावना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।