आज पनि वर्षा र हिमपात हुने सम्भावना

आज (शनिबार) पनि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

हिजो (शुक्रबार) पश्चिम र मध्य क्षेत्रमा वर्षा तथा हिमपात भएकामा आज पूर्वतर्फ अलि बढी वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले जानकारी दिएका हुन्।

‘तर पश्चिममा पनि अलि–अलि बदलीचाहिँ हुने देखिन्छ,’मौसमविद् कँडेलले नेपालखबरसँग भनिन्, ‘पूर्वका पहाड तथा तराई दुवै भेगमा वर्षाको सम्भावना छ भने अन्य क्षेत्रका पहाडी भेगमा पनि पानी पर्ने सम्भावना देखिन्छ।’

यसैगरी उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना रहेको उनले बताइन्।

आज काठमाडौं उपत्यकामा आंशिक बदली (कहिले घाम, कहिले बादल) हुने देखिन्छ भने फाटफुट वर्षाको पनि सम्भावना रहेको उनले जानकारी दिइन्।

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस रहेको उनले बताइन्।

‘पश्चिमी न्यून चापीय प्रणाली अहिले पूर्वतर्फ सर्ने क्रममा छ र कमजोर हुँदै गएको छ,’ मौसमविद् कँडेलले भनिन्, ‘भोलि (आइतबार)देखि यसको प्रभाव कमजोर हुने देखिन्छ।’

निप्पोनको ‘सवारीसाधन पेन्ट’ बजारमा

Previous articleप्रेममा सम्बन्ध आफैं हुने कुरा हो
Next articleपशुपतिमा चोरको बिगबिगी, सजाइएको फुल समेत छोडेनन्
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।