पशुपतिमा चोरको बिगबिगी, सजाइएको फुल समेत छोडेनन्

Click Image

काठमाडौं– महाशिवरात्रिलाई विशेष बनाउन पशुपति क्षेत्र विकास कोषले लाखौं रकम खर्चेर पशुपतिनाथ मन्दिर र त्यस वरपरको क्षेत्रलाई सजाइएको फुलब चोरी भएको छ। महाशिवरात्रीको भोलिपल्ट बिहानै फुल चोरी भएको हो। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालका अनुसार बाँदर चढ्न सक्ने ठाउँको बरु सुरक्षित रहेको तर, मान्छेले भेट्न सक्ने ठाउँको फूल चोरी भएको बताए।
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथलाई फूलैफूलले सजाउन झण्डै दुई करोड रुपैयाँ खर्च गरेको थियो । फूलहरु थाइल्याण्ड, अष्ट्रेलिया, भारतलगायतका देशबाट ल्याइएको थियो । केही फूल भने भारतले निःशुल्क सहयोग गरेको थियो ।

मानिसहरुले भुइँमा राखिएका गमलादेखि झुण्डाएर राखिएका फूलसमेत चोरी भएका छन् ।

यस वर्षको महाशिवरात्रिमा १२ लाख बढी दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शनिबार बिहानैबाट पशुपतिनाथ क्षेत्र वरपर सरसफाइ थालिएको छ ।

काठमाडौंमा सजाइएका फूल चोरी भएको यो घटना पहिलो भने होइन । यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएको बेला तीनकुनेको सडकमा सजाइएका फूल र दुबोसमेत चोरी भएको थियो ।

केपी ओली प्रधानमन्त्रीमा नियुक्त

Previous articleभ्रष्टाचारीलाई कारवाही गर्न नेविसंघको माग
Next articleजिल्ला प्रहरी कार्यालय नजिक प्रेसरकुकर बम, डिस्पाेजल टाेली घटनास्थलमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।