उज्यालो नेपाल- रत्ननगरको वडा नं. १६ खैरेटीमा खानेपानीको ओभरहेड ट्यांकी निर्माण हुनेभएको छ । चार लाख ५० हजार क्षमताको उक्त खानेपानी ट्यांकीको नगरप्रमुख प्रलाद सापकोटाले शनिबार एक कार्यक्रम बीच शिलान्यास गरे।
पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले निर्माण गर्न लागेको सो रिजर्भ ट्यांकीको निर्माण पछी १० हजार बढी घरधुरीलाई पानी वितरणमा समस्या नहुने संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए।


संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको ‘सहलगानी’ कार्यक्रम अन्तर्गत योजना निर्माण हुने भएको हो । जसमा ७० प्रतिशत रकम आयोजनाले लगानी गर्नेछ भने ३० प्रतिशत रकम खानेपानी संस्थाले लगानी गर्नेछ।

योजनाको कुल ठेक्का कबोल रकम ८ करोड ९६ लाख ३९ हजार मध्य ६ करोड ५४ लाख ४९ हजार आयोजनाले र २ करोड ३७ लाख रकम पिठुवा खानेपानीको लगानी रहनेछ ।

यस योजनाबाट ४ लाख ५० हजार लिटर क्षमताको एउटा ओभरहेड ट्यांकी, गार्ड भवन, सुरक्षा घेराबार, एउटा डिप बोरिङ, ३६ किमी पाईपलाईंन बिस्तार र ८०० घरधुरीमा खानेपानी जडानको कार्य हुनेछ । कंचनपुरको सेतीमहाकाली श्रपुर- नविन जेभीले ठेक्का सकारेको सो योजना २०८३ असार ३० गते भित्र सम्पन्न गरिसक्नु पर्नेछ ।





