एक्सपर्टमा रक्तदान : २२५ युनिट रगत संकलन

रत्ननगर ।
पूर्वी चितवनको रत्ननगरमा आयोजना गरिएको रक्तदान कार्यक्रम २२५ युनिट रगत संकलन भएको छ ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको २१ औं बार्षिकोत्सवको अवसरमा बकुलहर स्थित शाखा कार्यालयमा आयोजित कार्यक्रममा ३६ जना महिला सहित २२५ जनाले रक्तदान गरेको एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै रत्ननगरका मेयर प्रलाद सापकोटाले एक्सपर्ट गरिब तथा विपन्न समुदायका बालबालिकाको शिक्षाको लागि लगानी गर्नुपर्नेमा जोड दिए ।

एक्सपर्ट चितवनका अध्यक्ष घननाथ अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रबन्ध निर्देशक अधिकारीले एक्सपर्ट २२औं बर्ष प्रवेशको अबसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

बार्षिकोत्सव अन्तर्गत निःशुःक आँखा परीक्षण शिविर तथा देवघाटमा बृद्धबृद्धाहरुलाई साझको खाना समेत खुवाईएको उनले जानकारी दिए ।

उनले चितवनमा देखिएको रगतको अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रम आयोजना गरेको जानकारी दिए । कार्यक्रममा एक्सपर्ट टाँडी शाखा प्रमुख मीना तिमिल्सिनाले स्वागत मन्तव्य राखेकी थिइन् ।

Previous articleएक्सपर्टको २१औं वार्षिकोत्सवः देवघाट आश्रमका वृद्धवृद्धालाई भोजन, फलफूल र लत्ताकपडा वितरण
Next articleपिठुवामा खानेपानीको ओभरहेड ट्यांकी शिलान्यास
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।