स्याउ हेर्न जुम्ला जाने अहिले बारीमा फलाउँदै

रुकुमपूर्व / पुथाउत्तरगंगा गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखी यस क्षेत्रमा ८६ लाख बजेट खर्चिने भएको छ । कृषिलाई व्यवसायिक, कृषकलाई विभिन्न किसिमका तालिम, कृषि औजारहरु वितरण र रोगको पहिचान तथा नियन्त्रण गर्न सो रकम विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । स्याउ र सुन्तला खेती फस्टाउँदै जाँदा गाउँपालिकाका केही क्षेत्रमा पकेट क्षेत्र घोषणा गरी काम भइरहेको छ । गाउँपालिकाले तीन स्थानमा १७ हजार भन्दा बढी फलफुलका बिरुवा रोपेको छ । अर्गानिक उत्पादनको जिल्ला बनाउने अभियानलाई सफल बनाउन कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले जानकारी दिनुभयोे । उहाँका अनुसार वडा नम्बर ५ को स्याउ पकेट क्षेत्र २५ लाख, वडा नम्बर ८ को चारगाउँमा सुन्तला पकेट क्षेत्रमा २५ लाख तथा वडा नम्बर १० तकसेराको स्याउ पकेट क्षेत्रमा २० लाख बजेट बिनियोजन भइ काम अगाडि बढेको छ । त्यसैगरी विभिन्न प्रकारका तरकारीका बीउबिजन वितरण, औजार खरिद, कृषकलाई आवश्यक तालिम, रोगको पहिचान तथा नियन्त्रणको लागि १६ लाख बजेट रहेको उहाँले बताउनुभयो । माटो परीक्षण र दक्ष प्राविधिकको अभावले गर्दा गाउँपालिकामा हालसम्म कृषिमा सहज वातावरण पनि नभएको जनाइएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ हुकाममा ५ हजार स्याउ र वडा नम्बर ८ को चारगाउँमा १२ हजार भन्दा बढी सुन्तलाको बिरुवा रोपिएको छ । तकसेरामा ५ हजार स्याउका बिरुवा रोप्ने तयारी रहेको छ । लगाइएका ५ हजार स्याउका बिरुवामध्ये आधा बिरुवा स्थानीय स्तरमै उत्पादन गरिएका र अन्य जुम्लाबाट ल्याइएको गाउँपालिकाले जनाएको छ । हुकाम र चारगाउँमा सहकारी र तकसेरामा समुहमार्फत काम भइरहेको छ । गाउँपालिकाको स्याउ उत्पादन हुने ठाउँका अधिकांस घरमा ५० देखि एक हजार बोटसम्म स्याउका बिरुवा छन् । पहिले खानकै लागि स्याउ किन्न जुम्ला पुग्ने उनिहरु अहिले स्याउ उत्पादन गरेर जिल्ला बाहिर पठाउने अवस्थामा पुगेका छन् । तर सडकको सुविधा नभएकै कारण उत्पादीत फलफुल ढुवानीको सस्या भइरहेको स्थानीयले गुनासो गरेका छन् ।

The post स्याउ हेर्न जुम्ला जाने अहिले बारीमा फलाउँदै appeared first on Purbeli News.

आजबाट मौसम सफा, गर्मी बढ्ने सम्भावना

Previous articleबुलिङले बाल मनोविज्ञानमा पुर्‍याउने गम्भीर आघात
Next articleगोलाप्रथाबाटै संरक्षक समितिको कार्यकाल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।