प्रेसिडेन्सीमा उदघोषण तालिम।

श्रावण ३२, चितवन भरतपुर १० चितवन स्थित प्रेसिडेन्सी कलेजले कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुका लागि आयोजना गरेको ब्यक्तित्व विकास एवम उदघोषण सम्बन्धी ५ दिने तालिम सम्पन्न भएको छ ।

बिद्यार्थीहरुको ब्यक्तित्व विकास एवम उदघोषण कलाको विकासका लागि लक्षित गरि आयोजना गरिएको तालिममा ‘बोल मनको कुरा खोल’ नामक उदघोषण सम्बन्धी पुस्तकका लेखक, बरिष्ठ रेडियोकर्मी तथा ब्यक्तित्व बिकास एवम उदघोषण तालिम प्रशिक्षक मनोज पन्तले प्रशिक्षण दिएका थिए ।

कलेजका प्लस टु संयोजक सरोज खडकाले संयोजन गर्नु भएको सो तालिम कलेजले हरेक वर्ष गर्दै आइरहेको छ। यस्तो किसिमको तालिमले बिद्यार्थीहरुमा आत्मबिश्वाशको भावना बिकास हुने र ब्यक्तित्व बिकासमा समेत टेवा पुग्ने कलेजका प्रिन्सिपल शम्भु क्षेत्रीले बताए।

Previous articleरत्ननगरमा पसलको गोदाममा आगलागी
Next articleट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।