उज्यालो नेपाल ३० साउन। चितवनको रत्ननगर १६ पिठुवाको एक किराना पसलको गोदाममा आगलागी भएको छ ।
बुधबार बिहान झण्डै ३:४५ बजेको समयमा पिठुवा दोबाटोबजारमा शोभा श्रेष्ठले सञ्चालन गर्दै आएको सफल किराना पसलको गोदाममा आगलागी भएको हो।
आगलागी स्थानीयबासी, प्रहरी र खैरहनी नगरपालिकाबाट आएको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो।
विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए।
मंगलबार बेलुका पसल बन्दगरि माथिल्लो तलामा सुत्न गएका श्रेष्ठ परिवारले आगलागी बाट निस्किएको धुवाँ र रापले घर तातेपछि मात्र थाहा पाएका थिए। उनीहरूले माथिल्लो तलाबाट हामफालेर ज्यान जोगाएका छन्।
आगलागीबाट खाद्यान्न तथा अन्य किराना सामग्रीहरु जलेर नष्ट भएको वडाध्यक्ष हेमराज थापाले जानकारी दिए। आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

