रत्ननगरमा रक्तदान : ३४ युनिट रगत संकलन

0
227

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बुधबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३४ युनिट रगत संकलन भएको छ ।

ब्लड डोनर्स सोसाइटी चितवनको आयोजना तथा ब्लड डोनर्स सोसाइटी रत्ननगर प्रस्तावित समितिको सहआयोजनामा भएको सो कार्यक्रममा दुई जना महिला सहित ३४ जनाले रक्तदान गरेका थिए ।

पछिल्लो समय चितवनमा बढ्दै गएको रगतको अभावलाई मध्येनजर गरी कार्यक्रम आयोजना गरिएको हो ।

ब्लड डोनर्स सोसाइटी चितवनका चितवनका सचिव विपिन पाठकको अध्यक्षतामा भएको कार्यक्रममा सोसाइटीका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी, रत्ननगर नगरपालिकाका प्रबक्ता कुलप्रसाद सापकोटा, रत्नप्रिय क्लवका अध्यक्ष बसन्त राना लगायतले मन्तव्य राखेका थिए ।

रक्तदान कार्यक्रमका लागि रत्नप्रिय क्लव, नेपाल बजार विक्री प्रतिनिधि संघ नारायणी क्षेत्रीय समिति र राम्रो दृष्टि हाम्रो दृष्टि नामक संस्थाले सहयोग गरेका थिए ।

सोसाइटीका जिल्ला कोषाध्यक्ष सन्तोष थापाले स्वागत मन्तव्य राखेको कार्यक्रम रामु पौडेलले सञ्चालन गरेका थिए ।

Previous articleसंस्थागत क्षमता मुल्याङकन: महानगरलाई उछिन्दै तेस्रो बन्यो कालिका