एक्सपर्ट चितवनको शैक्षिक मेला भोलि, तयारी पूरा

0
263
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; module: photo; hw-remosaic: false; touch: (-1.0, -1.0); modeInfo: HDR ; sceneMode: 2; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 224.52744; aec_lux_index: 0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0; albedo: ; confidence: ; motionLevel: -1; weatherinfo: null; temperature: 39;

चितवन, भदौ ४– एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले आयोजना गर्न लागेको शैक्षिक मेला ‘इन्लाइटन एडु’ को तयारी पूरा भएको छ ।

एक्सपर्ट चितवनको कार्यालय भवन ‘बेसक्याम्प’मा भोलि (बुधबार) हुन लागेको मेला बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने छ । उक्त मेलामा अष्ट्रेलिया, युके र न्युजिल्याण्डका ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले जानकारी लिन सक्नेछन् ।

युनिभर्सिटी तथा कलेजबाट प्रतिनिधि नै उपस्थित हुने भएकोले विद्यार्थीले आधिकारिक र भरपर्दो जानकारी लिन सक्ने एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिएका छन् ।

‘भोलिको सबै तयारी पूरा भइसकेको छ, युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरु आइसक्नु भएको छ’ प्रबन्ध निर्देशक अधिकारीले भने –‘ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलका विभिन्न प्रोग्राममा पढ्न विदेश जान चाहने विद्यार्थीका लागि मेला फलदायी हुनेछ ।

उनले थप्दै भने–‘अहिले भरखरै कक्षा १२ को नतिजा आएका विद्यार्थीहरूका लागि त झनै यो मेला उपयुक्त हुन्छ । उच्च शिक्षा अध्ययन गर्न विदेश जाने सोच छ तर खास जानकारी लिन पाइएको छैन भने आउन अनुरोध गर्दछु ।’
एक्सपर्टले २१ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

यहाँबाट अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्युजिल्याण्ड तथा आयरल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गरिन्छ । साथै एक्सपर्ट चितवनमा भाषा परीक्षाहरू आइइएलटिएस, पिटिई र स्याट तयारी कक्षा पनि सञ्चालन भइरहेका छन् ।

Previous articleखोलाले बगाउँदा चितवनको कालिकामा एक बालकको मृत्यु
Next articleभरतपुर अस्पतालमा उपचाररत महिलाको मृत्यु, उपचारमा लापरबाही भएको आफन्तको आरोप