एमसीसी परिमार्जन हुन्छ : अध्यक्ष दाहाल

चितवन १० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी परिमार्जन गरेर अनुमोदन गर्ने बताएका छन् ।

शनिबार चितवनमा पत्रकारहरुसँगको कुराकानीमा उनले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसीसी) परिमार्जन गरिने जानकारी दिए ।

शुक्रबार एमसीसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन बुझाएको भन्दै उनले विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने विश्वास दाहालले व्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा अमेरिकी सरकारसँग पनि कुरा गरिसकेको उनको भनाइ छ ।

अध्यक्ष दाहालले सरकारको कामका विषयमा आइतबारदेखि सुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने बताए ।

वर्तमान सरकारले गरेका धेरै राम्रा कामहरुलाई पनि केही नराम्रा कामले छोपेको भन्दै उनले यस विषयमा समीक्षा गरेर अघि बढ्ने बताए ।

The post एमसीसी परिमार्जन हुन्छ : अध्यक्ष दाहाल appeared first on Koshi Online.

‘मास्क छैन’ भनेर बोर्ड नै टाँस्न थाले फार्मेसी, अनुगमन भएन

Previous articleदिदीबहिनी कपको उपाधि एपीएफलाई
Next articleपशुपतिनाथ मन्दिर क्षेत्रमा जम्मा भएका फोहोर सफाइ अभियान शुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।