दिदीबहिनी कपको उपाधि एपीएफलाई

चौथो संस्करणको दिदीबहिनी कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि एपीएफ क्लवले प्राप्त गरेको छ।

पर्वतको कुश्मामा शनिबार भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन एपीएफले नेपाल पुलिस क्लवलाई ३–१ को सेटमा पराजित गर्दै लगातार चौथो पटक उपाधिमाथि कब्जा जमाएको हो। उपाधिसँगै एपीएफले २ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको पुलिसले १ लाख रुपैयाँ पाएको छ।

पुलिसले पहिलो सेट २५–१५ ले आफ्नो पक्षमा पारे पनि एपीएफले उत्कृष्ट पुनरागमन गर्दै नजिता निकालेको हो। एपीएफले पुलिसलाई १५–२५, २५–१८, २५–२१, २५–१२ ले पाखा लगायो।

वर्षाका कारण शुक्रबार स्थगित भएका दुवै खेल आज खेलाइएको हो।

तेस्रो स्थानका लागि आजै भएको खेलमा न्यु डायमण्ड क्लवले त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा पाखा लगायो। एक पक्षीय खेलमा न्यु डायमण्डले आर्मीलाई २५–२३, २५–२१ र २५–२२ ले हरायो। तेस्रो बनेको न्यु डायमण्डले ५० हजार रुपैयाँ प्राप्त ग¥यो।

पिठुवामा खानेपानीको ओभरहेड ट्यांकी शिलान्यास

Previous articleमाथिल्लो दोर्दी ‘ए’ अन्तिम चरणमा
Next articleएमसीसी परिमार्जन हुन्छ : अध्यक्ष दाहाल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।