अर्पणमा रक्तदान : ३८ युनिट रगत संकलन

Click Image

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा आइतबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३८ युनिट रगत संकलन भएको छ ।

अर्पण बचत तथा ऋण सहकारी संस्था लि को कारोबार सुरु गरेको १५ बर्ष पुगेको अबसरमा अर्पण बचत र रेडियो अर्पणको सयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा ९ जना महिला सहित ३८ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक ध्रुबराज लामिछानेले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले विरामीलाई रगतको सहज उपलब्धताको लागि नगरपालिकाले रक्तसंकलन युनिट सञ्चालनमा ल्याएको बताए ।

नगरबासीको स्वास्थ्य सुरक्षाका लागि ५० प्रतिशत अनुदानमा स्वास्थ्य बिमा, रत्ननगर अस्पतालमा उपचारकोष, क्यान्सर पीडितलाई थप २५ हजार तथा बृद्धबृद्धाको घरघरमै उपचार जारी रहेको बताए ।

कार्यक्रममा अर्पण बचतका अध्यक्ष सुरज पौडेलले चितवनमा देखिएको रगतको अभावलाई मध्यनजर गरी सहकारीले आर्थिक कारोबार सुरु गरेको १५ बर्ष पुगेको अबसरमा रक्तदान कार्यक्रम आयोजना गरेको बताए । उनले सहकारीले आर्थिक कारोबारसंगै सामाजिक उत्तरदायित्व बहन गरी सामाजिक रुमान्तरणको काम गर्दै आएको बताए ।

कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटाले रक्तदान जीवनदानसंगै आवश्यकताको विषय बनेको बताए । उनले नागरिकले गरेको रक्तदानबाट संकलित रगत विरामीलाई सहज रुपमा उपलब्ध हुनुपर्ने विचार व्यक्त गरे ।

सहकारीका पूर्व अध्यक्ष तथा रेडियो अर्पणका उपाध्यक्ष यमन भूषालले कार्यक्रमको उद्देश्यमाथि प्रकास पार्नुभएको थियो । सहकारीका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामकुमार बजगाईँले स्वागत मन्तव्य राखेका थिए ।

Previous articleपूर्वी चितवन निर्माण सेवा संघकाे साधरण सभा तथा अधिवेशन: निर्माण व्यवसायी सम्मानित
Next articleचट्याङ लागेर चितवनमा एक महिलाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।