उज्यालो दर्पण– नेकपा एमाले रत्ननगर १५ को तेश्रो वडा अधिवेशन आईतवार सम्पन्न गरिएको छ ।
माधवपुरकों निशान स्मृति प्रतिष्ठानको भवनमा आयोजित अधिवेशनले ‘अधिवेशन आयोजक कमिटिका संयोजक’ कृष्ण पन्तकै अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरेको छ ।
जसको उपाध्यक्षमा भोजराज लामिछाने, सचिवमा मदन भुजेल, उपसचिवमा सरितामाया काफ्ले र उतम काप्री चयन भएका छन् । कमिटिका सबै पदाधिकारी तथा सदस्यहरु सहमतीको आधारमा चयन गरिएका हुन् ।
एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञावलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रिय सदस्यहरु जेएन थपलिया र प्रभा बराल, केन्द्रीय सल्लाहकार सदस्य महादेवी खतिवडा, प्रदेश कमिटि सदस्य शैलेश खनाल र राजाराम रेग्मी, वडा कमिटि पुर्व अध्यक्ष आशिक तामाङ लगायतको उपस्थिति थियो।
अधिवेशन आयोजक कमिटिका संयोजक कृष्ण पन्तको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष भोजराज लामिछानेले संचालन गरेका थिए । कार्यक्रममा उपस्थित र आगन्तुकहरुलाई नगरकमिटि सदस्य ईमप्रसाद पन्तले स्वागत मन्तव्य व्यक्त गरेका थिए।



