उज्यालो दर्पण- नेपाली नारीको महान् पर्व हरितालिका तीजमा रत्ननगरको वडा नं १६ मा रहेको भद्रकालीधाम परिसरमा व्रतालु महिलाहरूले पूजापाठ र नाँचगान गरेर मनाएका छन् ।
धामको दर्शनका लागि आएका व्रतालुहरूले पूजाआजापछि नाँचगानसहित तीज मनाएका हुन् । केही व्रतालुहरूले तीजमा आ-आफ्नो समूह बनाएर नाँचगान गरिरहेका देखिन्थे भने कोही व्रतालुहरू सेल्फी फोटो खिच्नमै व्यस्त देखिन्थे । हेर्नुहोस उज्यालो दर्पणका पत्रकार निराजन घिमिरेले कैद गरेका केही तस्वीरहरु।















