तीनकुनेको अतिक्रमित जग्गा फिर्ता लिन सरकारले डोजर चलायो

अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा फिर्ता अभियानलाई सरकारले तीव्रता दिएको छ।

शनिबार काठमाडौं महानगरपालिकाको वडा नम्बर ३१ तीनकुने जागृतिनगरमा रहेको अतिक्रमित जग्गामा महागरले फिर्ता लिएको छ।

त्यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य गणेश दुलाल र वडानम्बर ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारीसहितको टोलीले अतिक्रमित जग्गामा डोजर चलाएको हो। महानगरले अतिक्रमित जग्गामा रहेका घर टहराहरु भत्काएको छ।

वडाध्यक्ष भण्डारीले १८ दिने सूचना जारी गरे पनि अटेर गरेपछि डोजर चलाएर टहरा भत्काउनुपरेको बताए। ‘पटक–पटक सूचना जारी गरेर अतिक्रमित जग्गा खाली गर्न आग्रह गर्दा पनि अटेर गरेपछि आज हामीले भत्काएका हौँ’, उनले भने।

प्रदेशसभा सदस्य गणेश दुलालले प्रमाणहरुका आधारमा ती क्षेत्रको जग्गा सरकारको नाममा रहेकोले टहराहरु भत्काइएको बताए। ‘सरकारी जग्गा अतिक्रमण गरेर वर्षौदेखि एक जना व्यक्तिले भाडामा लगाएको थियो। बारम्बार सूचना जारी गर्दा पनि अटेर गरेपछि आज घरटहरा भत्काएका हौँ। यो क्षेत्रमा रहेका सबै अतिक्रमित सार्वजनिक जग्गा फिताए गर्ने अभियानका साथ अगाडि बढेका छौँ’, उनले भने।

स्थानीयहरुले भने खाली गर्न पर्याप्त सूचना नदिएको गुनासो गरेका छन्। जग्गा खाली गराउन ३५ दिने सूचना दिनुपर्नेमा १५ दिने सूचना जारी गरेर टहराहरु भत्काएको आरोप स्थानीयको छ।

अस्ट्रेलियामा एक नेपालीलाई कोरोनाको संक्रमण

Previous articleबागलुङमा स्काभेटर दुर्घटना हुँदा एकजना घाइते
Next articleकोरोना भाइरस प्रकोपका कारण दरबार हाइस्कुल हस्तान्तरणमा ढिलाइ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।