रत्ननगर १५ का भजन र आमा समुहलाई बाध्यवादन सामग्री

Click Image

रत्ननगर । रतननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका भजन समूह र आमा समुहलाई बाध्यबादन सामग्री प्रदान गरेको छ ।

चालु आर्थिक बर्षको बजेटबाट सो वडाले गणेश मन्दिर सहित तीन वटा भजन समुह र दुईवटा आमा समुहलाई बाध्यबादन सामग्री वितरण गरिएको वडाध्यक्ष आशिक तामाङले जानकारी दिए ।

सरस्वती भजन समुहलाई पोसाक, सरस्वती आमा समुहलाई स्पिकर, मादल, खैजेडी, मुजुरा, झुर्मा, कर्ताल, त्रिशक्ति नवदुर्गा भजन समुह र पञ्चज्योति आमा समुहलाई स्पिकर, मादल, खैजेडी, मुजुरा, झुर्मा, कर्ताल, र गणेश मन्दिरलाई  मादल, खैजेडी, मुजुरा, झुर्मा, कर्ताललगायतका बाध्यबादन सामग्री प्रदान गरिएको वडाध्यक्ष तामाङले जानकारी दिए ।

सोही अबसरमा वडा भित्रका फुटबल टिमलाई पोसाक र जुत्ता प्रदान गरिएको छ । वडाध्यक्ष तामाङले धर्म संस्कृतिको संरक्षणसंगै युवा पुस्तामा परम्परागत संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले वडा भित्रका आमा समूह र भजन समुहलाई संस्कृतिक सामग्री वितरण गरिएको बताए ।

हामी धर्म र संस्कृतिको हिसावले धनी छौं उनले भने यसलाई जोगाई राख्ने दायित्व स्थानीय सरकारको हो । वडा सदस्यहरु इमप्रसाद पन्त, शिवप्रसाद तिवारी, लिलादेवी पोखरेल, रुकमाया परियार, लगायतले उपस्थिति रहेको थियो ।

सो वडा कार्यालयले केही दिन अघि १५ जना सुत्करी तथा गर्भवतीलाई कुखुराको भाले सहित पोष्टिक आहार र आपाङ्गता भएका जीवन घलानलाई इलेक्टिक ह्विलचियर प्रदान गरेको थियो । त्यसैगरी सो वडाले गोरखकाली भजन समूह, शिवज्योति भजन समुहलाई राष्ट्रिय पोसाक वितरण गरेको थियो ।

Previous articleकालिकाका चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान
Next articleनारायणी र पूर्वी राप्ती लगायत कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।