गोविन्दे हात्तीकाे आक्रमणबाट चितवनमा एकजनाकाे मृत्यू

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर स्थित खाेरसाेरमा हात्तीकाे आर्कमणबाट एक जनाकाे मृत्यू भएकाे छ ।

निकुञ्जकाे हात्ती प्रजनन केन्द्र नजिक जंगली हात्ती गाेविन्दले आज साँझ सवा सात बजे आक्रमण गर्दा सर्लाही जिल्लाकाे हरिपुर नगरपालिका वडा नं ७ स्थानी घर भइ खाेरसाेर हात्ती प्रजनन केन्द्रमा कार्यरत जद्दु थारूकाे घटना स्थलमा मृत्यू भएकाे प्रहरीले जनाएकाे छ । जद्दु सरकारले कतार पठाउने भनिएका खगेन्द्र प्रसादका स्याहार सुसारे पछुवा हुन् ।

ब्राेद्रहनी गाउँबाट झाेलुङ्गे पुल तरेर प्रजनन केन्द्र जाने क्रममा उनलाई जंगली हात्तीले आर्कमण गरेकाे निकुञ्जले जनाएकाे छ । मृतक थारुकाे पाेष्ट माटमकाे लागि भरतपुर अस्पतल पठाइएकाे रत्ननगर प्रहरीले जनाएकाे छ।

Previous articleपदमपुरको भिमकाली साकाेसले एकवर्षमा कमायो ५३ लाख
Next articleसातकन्या खानेपानीको सातौं साधारणसभा; पिठुवामा मर्ज हुने सर्वसम्मत निर्णय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।