रत्ननगर- रत्ननगरको वडा नं. १५ मा माइन्युट लेखन सम्बन्धी तालिम संचालन गरिएको छ । वडा कार्यालय संगको समन्वयमा रत्ननगर जुनियर जेसिजले तालिम संचालन गरेको हो ।
वडा भित्रका १९ वटा टोलविकास संस्थाका झन्डै ४० जना प्रतिनिधीलाई तालिम प्रदान गरिएको वडाध्यक्ष आशिक तामाङले जानकारी दिए । जुनियर जेसिजको ‘जेसिज सप्ताह २०८१’ को छैटौंदिन तालिम संचालन गरिएको हो ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका कार्यक्रम अधिकृत विश्वास श्रेष्ठले सहभागीहरुलाई सहजीकरण गरेका थिए । तालिमको उद्घाटन सत्रमा वडाध्यक्ष आशिक तामाङ, वडा सदस्यहरु ईमप्रसाद पन्त, रुकमाया परियार लगायतको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष रेनुका ढकालको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय जुनियर जेसिज क्षेत्र ख संयोजक सन्दर्भ खनालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाका उपाध्यक्ष विमर्श अधिकारीले संचालन गरेका थिए ।
असोज १७ देखि सुरुभएको जुनियर जेसिजको सप्ताहव्यापी कार्यक्रममा यसअघि वृद्धाश्रममा खाना खुवाउने कार्यक्रम, ग्राफिक डिजाईन तालिम, मैत्रीपूर्ण फुटसल प्रतियोगिता, औधोगिक अवलोकन, मन्दिर सरसफाई जस्ता कार्यक्रम सम्पन्न भईसकेका छन् ।
सोहि कार्यक्रम अन्तर्गत भोली असोज २३ गते पुर्वअध्यक्ष भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको छ ।




