इच्छाकामनामा कार्यरत अनमी थिइन विन्दु, जो भरतपुरमा स्कुटर दुघर्टनामा परेर अस्ताइन

चितवन, कात्तिक २२- चितवनको भरतपुरमा बोलेरो गाडी, मोटरसाइकल र स्कुटर दुर्घटनामा परी मृत्यु हुने महिला इच्छाकामना गाउँपालिकामा कार्यरत अनमी रहेको खुलेको छ ।

बिहिबार बिहान ११ः४० बजे भरतपुर महानगरपालिका २४ लक्ष्मणचोकमा प्र ३–०१–०२४ च ४९९३ नम्बरको बोलेरोले बा.प्र.०३–००१ प ३६५६ नम्बरको मोटरसाइकल र प्रदेश ३–०३–००१ प ८८८२ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुरमा सवार इच्छाकामना गाउँपालिका ५ स्थित दाह्रेचोकी ३७ वर्षिय रामकुमारी गुरुङ (विन्दु) को मृत्यु भएको थियो ।

उनि विगत सात वर्षदेखि पालिकामा अनमिको रुपमा कार्यरत रहेको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार इच्छाकामना गाउँपालिका ३ स्थित माझगाउँको स्वास्थ्य इकाईमा उनको दरबन्दी थियो । हाल उनि काजमा आधारभूत अस्पताल कुरिन्टारमा कार्यरत थिईन् ।

Previous articleटाँडीको सब्जीमण्डी अगाडि भएको दुर्घटनामा एकको मृत्यु दुईजना घाइते।
Next articleगण्डकी महोत्सवमा नेपालमै पहिलोपटक ‘अन्डरवाटर फिस टनेल’ राखिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।