रत्ननगर ९ को घरदैलो, करदातालाई गराईयो सचेत

५ मङ्सिर, रत्ननगर । रत्ननगर नगरपालिका ९ नम्बर वडा कार्यालयले करदाता सचेतना तथा कर संकलन सम्बन्धि घरदैलो कार्यक्रम गरेको छ । अभियान स्वरुप संचालन गरिएको कार्यक्रममा आज भेडी टोलमा रहेका व्यवसायीहरु संग भेटघाट गरिएको छ ।

रत्ननगर ९ का अध्यक्ष अनन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य सुष्मा खड्काथोकी, कमान सिंह चौधरी, लेखबहादुर थापा, रत्ननगर नगरपालिकाका राजस्व शाखा प्रमुख धर्मराज अधिकारी, वडा सचिव सुर्यप्रसाद ढुंगाना, वडाका कर्मचारीहरु, नगरप्रहरी, टोल विकास संस्थाका पदाधिकारीहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम अन्तर्गत वडाध्यक्ष अनन्त अधिकारीले व्यवसायीको समस्या तथा गुनासोलाई सुन्दै वडाले गर्न सक्ने सहयोग समेत गर्न आफुहरु घरदैलोमा उपस्थित भएको बताउनुभएको छ । देश आर्थिक मन्दीको चपेटामा गुज्रिएपनि व्यवसायीहरुले वडाकार्यालय र नगरपालिका संगै हातेमालो गर्ने प्रतिक्रिया समेत दिनुभएको वडाध्यक्ष अधिकारीको भनाई थियो ।

अभियान अन्तर्गत वडाका हरेक टोलहरुमा व्यवशायीहरु संग भेटघाट गरिने वडासचिव सुर्यप्रसाद ढुंगानाले बताउनुभयो ।

Previous articleरत्ननगरमा स्याल आतंक; स्यालको आक्रमणमा तीनजना घाईते (भिडियो)
Next articleहोटल भिष्टाको आतिथ्यमा राष्ट्रिय फोटो पत्रकार समूह चितवनको पहिलो बैठक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।