होटल भिष्टाको आतिथ्यमा राष्ट्रिय फोटो पत्रकार समूह चितवनको पहिलो बैठक

चितवन,मंसिर ४- राष्ट्रिय फोटो पत्रकार समूह जिल्ला शाखा चितवनको गतसाता सम्पन्न दोश्रो अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पहिलो वैठक बुधबार सम्पन्न भएको छ । सौराहाको होटल भिष्टामा बैठक सम्पन्न गरिएको हो ।

वैठकमा फोटो पत्रकारको सदस्यता वृद्धि, संगठित सदस्यहरुको क्षमतावृद्धि तथा नेतृत्व विकास, पालिकाहरुसंगको सहकार्यमा फोटो प्रतियोगिता तथा प्रदर्शनी जस्ता कार्यक्रम गरिने निर्णय भएको अध्यक्ष सन्तोष बस्ताकोटीले बताए ।

सो अवसरमा नवनिर्वाचित कार्यसमितीलाई होटल भिष्टा सौराहाका संचालक रमेश सिलवालले स्वागत तथा सम्मान गरेका थिए। सम्मान कार्यक्रममा छोटो शुभकामना मन्तव्य राख्दै सिलवालले डिजिटल युगको सुरुवात भए संगै फोटो तथा भिडियो मार्फत पत्रकारिताको क्षेत्र फराकिलो बन्दै गएको बताए ।

फोटो पत्रकारले फोटोको माध्यमबाट देशलाई विश्वमा परिचित गराउने काम गर्दै आएको उनको भनाई थियो । देशीविदेशी पर्यटकहरुलाई सुपथमुल्यमा सुविधा सम्पन्न बासस्थान, रेष्टुरेन्ट तथा बार, जंगल सफारी लगायतको सुविधा प्रदान गर्ने होटल भिष्टा  सौराहाको चराचोक नजिकै अवस्थित छ। 

Previous articleरत्ननगर ९ को घरदैलो, करदातालाई गराईयो सचेत
Next articleरत्ननगरमा भोलीदेखि संस्कृतिक तथा व्यापार महोत्सव: पर्यटनमन्त्री ठकुरीले उद्घाटन गर्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।