काठमाडौं, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मुलुकको समृद्धिको योजना र आफ्नो अनुभव समेटिएको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित विशेष समारोहमा उनको ६९औँ जन्मदिनको अवसर पारेर राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दीपुरुष सत्यमोहन जोशीले संयुक्तरूपमा पुस्तक लोकार्पण गरे ।

प्रधानमन्त्री ओली आइतबार बाट ७० पुग्दै छन् । कार्यक्रममा ९० वर्षीय प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओलीले ६९औँ जन्मोत्सवको अवसरमा मञ्चमा राखिएको पुस्तकको आवरण खोलेर प्रधानमन्त्री ओलीलाई शुभकामना दिए ।
प्रधानमन्त्री ओलीले अङ्ग्रेजी भाषामा लेख्नुभएको पुस्तकलाई ‘कल्पना र कर्म’, ‘मित्रता र कूटनीति’, ‘व्यापार र लगानी’ तथा ‘काम र श्रम’ गरी चार भागमा विभाजन गरेका छन् ।
आन्तरिक र विदेशी नीतिका बारेमा विभिन्न ठाउँमा दिइएको भाषण, अभिव्यक्ति र अन्तर्वार्ताका विषयवस्तु पुस्तकमा समेटिएको छ । देशलाई गोलबद्ध बनाएर अघि बढाउने प्रधानमन्त्री ओलीको दृष्टिकोण पुस्तकमा छ । प्रधानमन्त्री ओलीले मुलुक सञ्चालन गर्दाको सीप, अनुभव, मुलुकलाई बदल्न अघि सारेको दृष्टिकोण र त्यसको कार्यान्वयनका विषय पुस्तकमा समेटेका छन् ।
उक्त पुस्तकमा अबको नेपाललाई कसरी अगाडि बढाउने भनेर विभिन्न ढङ्गले आफ्नो दृष्टिकोण प्रस्तुत गरेको प्रधानमन्त्री ओलीले जानकारी गराए ।
टिप्पणीकार डा. विन्दु लोहनीले सीप, स्तर र नैतिकतामा आधारित अर्थतन्त्र बनाउने प्रधानमन्त्रीको सोच किताबमा झल्किएको बताए । नेपालका धेरै विकासका कामको अभिभारा प्रधानमन्त्री ओलीले सफलतापूर्वक निर्वाह गरेको उल्लेख गर्दै उनले पुस्तकका विषयवस्तुमा पूर्ण सहमति जनाए ।
सुशासनमा भ्रष्ट व्यक्ति पार्टीमा रहन सक्दैन भन्ने प्रधानमन्त्रीको कुराले आफूलाई छोएको उल्लेख गर्दै लोहनीले थपे, “पहिलोमा भ्रष्टाचार विकासको शत्रु हो, विकासका लागि भने दोस्रो कानूनको शासन, तेस्रो आर्थिकवृद्धि, चौथो संस्थागत संरचना र पाँचौँ शिक्षा र प्रविधिलाई प्रधानमन्त्रीले आफ्नो पुस्तकमा जोड दिनुभएको छ ।”
पुस्तक प्रकाशन संस्था रत्नपुस्तक भण्डारका सञ्चालक गोविन्दप्रसाद श्रेष्ठले पुस्तकको असर पुस्तक र पाठकका बीचको सम्बन्धमा मात्र सीमित नभई यस दृष्टिकोणमा आधार भएर मुलुक सञ्चालन भइरहेको बताए ।
The post प्रधानमन्त्रीको ‘भिजन टु एक्सन’ पुस्तक : राष्ट्रकवि घिमिरे र शताब्दीपुरुष जोशीद्वारा सार्वजनिक appeared first on Koshi Online.
छ वर्षिया बालिकालाई करणी गरेको अभियोगमा चितवनमा एकजना पक्राउ


