अर्पण बचतको १५औं बार्षिक साधारण सभा

Click Image

रत्ननगर । अर्पण बचत तथा ऋण सहकारी संस्थाको १५औं बार्षिक साधारण सभा शनिबार गरिएको छ । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष मोहदत्त पौडेल(सुरज)ले बार्षिक कार्ययोजना, नीति तथा कार्यक्रम, सचिव महेश पाण्डेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष टुकानाथ आचार्यले आर्थिक प्रतिवेदन तथा लेखा समिति सदस्य कृष्णप्रसाद आचार्यले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमा उत्कृष्ट बचतकर्ता सोमबहादुर गुरुङ, तुलसीराम चपाईँ, लक्ष्मी आचार्य सुवेदी, उत्कृष्ट कर्जा तर्फ ओमप्रसाद चालिसे र सुश्रीदीपाकुमारी दराई, प्लस २ मा उत्कृष्ट अंक ल्याउने सुभम लामिछाने र निश्चल आचार्य, ज्येष्ठ शेयर सदस्य गुना कुमारी पाण्डे तथा उकृष्ट कर्मचारीको रुपमा कर्जा सहायक मिलन पौडेललाई सम्मान गरिएको संस्थाका सञ्चालक समिति सदस्य ध्रुवराज लामिछानेले जानकारी दिए ।

२०६७ सालमा स्थापना भएको सो सहकारीमा ४ हजार ६२ जना शेयर सदस्य रहेका छन् । ४ करोड ६२ लाख शेयर पुँजी रहेको सो सहकारीले १२ करोड ३१ लाख ऋण लगानी गरेको छ भने १२ करोड ७२ लाख बचत संकलन गरेको संस्थाका अध्यक्ष पौडेलले जानकारी दिए ।

कार्यक्रममा वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटा, जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष प्रेमनाथ दुवाडी, जिल्ला बचत तथा ऋण सहकारी संघकी सहसचिव ऋतु गिरी, संस्थाका निवर्तमान अध्यक्ष मेघनाथ पौडेल, पूर्व अध्यक्ष यमन भूषाल लगायतले मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामकुमार बजगाईले स्वागत मन्तव्य राखेका थिए । सोही कार्यक्रमका बीच प्रमुख अतिथि मेयर सापकोटालाई प्रदान गरिने मायाको चिनो वापतको रकमबाट पाँच विपन्न परिवारको स्वास्थ्य बिमा गर्ने सो सहकारीले जनाएको छ । कार्यक्रम सचिव पाण्डेले सञ्चालन गरेका थिए ।

Previous articleपिठुवा सानाकिसान सहकारीको पाँचौ साधारणसभा; एकवर्षमा तेह्रलाख मुनाफा
Next articleरत्ननगरमा महिला फुटबल प्रतियोगिता सुरु: पहिलो खेलमा आयोजक रत्नप्रिय क्लव विजयी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।