पिठुवा सानाकिसान सहकारीको पाँचौ साधारणसभा; एकवर्षमा तेह्रलाख मुनाफा

Click Image

उज्यालो दर्पण- रत्ननगरको वडा नं १४ पिठुवामा रहेको पिठुवा सानाकिसान कृषि सहकारी संस्थाको पाँचौं वार्षिक साधारणसभा शनिवार गरिएको छ ।

बागमती प्रदेशका सांसद कृष्णप्रसाद खनालले उद्घाटन गरेको सो कार्यक्रममा संस्थाका अध्यक्ष विष्णु भण्डारी कट्टेलले वार्षिक प्रगती प्रतिवेदन र नीति तथा कार्यक्रम, प्रबन्धक सिता ढकालले वार्षिक लेखा प्रतिवेदन र लेखा समिति संयोजक सरस्वती न्यौपानेले आन्तरिक लेखा प्रतिवेदन  प्रस्तुत गरेका थिए।

संस्थाले आर्थिकवर्ष  २०८०/८१ मा पाँच करोड पचपन्न लाख कारोबार गरि १३ लाख रुपियाँ खुदमुनाफा गरेको छ। ८७९ जना महिला शेयरसदस्यहरु रहेको संस्थाले महिलाहरुकै नेतृत्वमा संस्था संचालन  गरि शेयरधनीहरुलाई १०.५० प्रतिसत लाभांस वितरण गर्न सफल भएको अध्यक्ष कट्टेलले जानकारी दिईन् ।

कार्यक्रममा ज्येष्ठ शेयरसदस्य सावित्री अधिकारीलाई सम्मान गरिएको थियो भने असल ऋणी सोविता अधिकारी र शोभा घिमिरेलाई पुरस्कृत गरिएको थियो । त्यस्तै संस्थाका कर्मचारीद्वय सिता ढकाल र अन्जना दाहाललाई पनि पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा रत्ननगर १४,१५,१६ का वडाध्यक्षहरु क्रमश: होमनाथ रानाभाट, आसिक तामाङ र  हेमराज थापा, कार्यपालिका सदस्य तथा वडा नं. १४ कि वडा सदस्य सानु भण्डारी, वडा नं. १५ का वडा सदस्यहरु लिलादेवी पोखरेल, शिव तिवारी, ईमप्रसाद पन्त र रुक माया परियार, पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठ, सृजनशील महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष मिना ढकाल, पिठुवा गरिबी निवारण सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष दिनेश घलान, वडा नं. १५ का पुर्व अध्यक्ष हुमनाथ लामिछाने लगायतको उपस्थिति थियो ।

वि.स २०७६ सालमा स्थापित संस्थाले छोटो समयमै लोभलाग्दो प्रगती गर्न सफल भएको छ । संस्थाले आफ्नै लगानीमा ९ धुर जग्गा खरिद गरि चारकोठे पक्किभवन समेत निर्माण सम्पन्न गरेको छ । भवन निर्माण कार्यको लागी बागमती प्रदेश सरकारले १५ लाख, रत्ननगर नगरपालिकाले पटकपटक गरि १२ लाख, वडा नं. १४ ले १ लाख ५० हजार, वडा नं. १५ ले २ लाख र वडा नं. १६ ले १ लाख रुपियाँ सहयोग प्रदान गरेको अध्यक्ष  कट्टेलले जानकारी दिईन् ।

संस्थाका अध्यक्ष कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कान्ता रेग्मीले स्वागत मन्तव्य राखेकि थिईन्। कार्यक्रम संस्थाकी सदस्य रिता नेपालले संचालन गरेकी थिईन् ।

 

Previous articleकालिकामा अवैध नदिजन्य पद्धार्थ उत्खनन गरी लोड गरिरहेको ट्याक्टरहरु नियन्त्रणमा
Next articleअर्पण बचतको १५औं बार्षिक साधारण सभा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।