एमसीसी बाइबल होइन, संसोधन गर्न सकिन्छ : प्रचण्ड

नवलपुर । नेकपा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी कुनै बाइबल नभएकाले यसलाई परिमार्जन गर्न सकिने बताएका छन् ।

पुर्वी नवलरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयको भवन उद्घाटन गर्न नवलपुर आएका प्रचण्डले प्रेस संगठन नेपालले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा यस्तो बताएका हुन् ।

यो सम्झौता कुनै धार्मिक ग्रन्थ होईन भन्दै उनले फेरबदल गर्न सकिने भएकाले यसलाई राष्ट्रको हितमा हुने गरी परिमार्जन गरिने धारणा राखे । नेकपाको कार्यदलले दिएको सुझावबारे उनले भने ‘प्रधानमन्त्री र मैले छलफल गरेका छौं परिमार्जन सहित पारित हुनेछ ।’

पाटी भित्र केही आन्तरिक समस्या भएपनि यसले छिटो भन्दा छिटो निकास पाउने दाहलको भनाई छ । पुर्व प्रधानमन्त्री समेत रहेका नेता दाहालले सरकारको राम्रो कामको विषयमा प्रचार नहुनु र ढिलो हुन गएका केही बिकास निमार्ण र नितीगत कुरालाई मात्र प्रचारबाजी बढी भएको गुनासो गरे ।

The post एमसीसी बाइबल होइन, संसोधन गर्न सकिन्छ : प्रचण्ड appeared first on Rajdhani Daily News.

नमुना विद्यालय : जहाँ स्कुले विद्यार्थीले पढाइसंगै भात पकाउन सिक्छन्

Previous articleप्रधानमन्त्रीको राजिनामा माग गर्दै नेविसंघको मसाल जुलुस
Next articleप्रधानमन्त्री ओलीकै घरबाट कमिशनको सेटिङ : डा.बाबुराम भट्टराई
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।