आज वर्षाको सम्भावना, यस्तो छ ३ दिनको मौसमी पूर्वानुमान !

0
65

काठमाडौं – आज आईतबार देशभर आंशिक बदली भएको छ । पश्चिमी न्यूनचापीय वायुको प्रभाव कम हुँदै गएकाले केही दिनमै मौसम सफा हुने पूर्वानुमान गरिएको छ ।

उपत्यकाको तापक्रम न्युनतम ७ डिग्रीको तापक्रम आसपास रहने भन्दै मौसमविद् बरुण पौडेलले बेलुकीपख पहाडी भेगमा चट्याङ पर्ने सम्भावना रहेको जनाएका छन् ।

मौसमका कारणले सुर्खेत र तुम्लिङटारका विमानस्थल खुलेका छैनन् । बिहान काठमाडौंको भिजिबिलिटी ३ किलोमिटर भएकाले हवाइ उडान भइरहेका छन् ।

साँझपख पहाडी भूभागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति देशभर बदली रहने मौसमविद्ले जनाएका छन् ।

पश्चिमी भूभागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चट्याङ समेत पर्ने सम्भावना रहेकाले पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

शनिवार देशका अधिकांश स्थानमा फाटफुटदेखि भारी वर्षा भएको थियो । सबैभन्दा बढी दिपायलमा ४२.३ मिलिमिटर वर्षा भएको थियो भने कम धनकुटामा १.३ मिलिमिटर वर्षा भएको जनाइएको छ ।

फाटफुट वर्षा भएको मापन भने मौसम महाशाखाले गरको छैन । काठमाडौंमा पनि ६.४ मिलिमिटर मापन गरिएको थियो ।

सोमवार र मंगलवारको मौसम पूर्वानुमान –

फागुन १२ गते सोमवार

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने छ । मध्य तथा पूर्वी भूभाग साथै पश्चिमी पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

राति  : देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली रहने छ । मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहन्छ ।

फागुन १३ गते मंगलवार

दिउँसो : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहने छ ।

राति : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

विभिन्न पार्टी परित्याग गरि रत्ननगर १६ का ५७ जना कांग्रेस प्रवेश

Previous articleउपसभामुख निर्वाचन अन्योलमा : दलहरूले चासो नदिँदा चालू अधिवेशनबाट चुनिने सम्भावना कम
Next articleसुनको भाउ बढ्नेक्रम जारी,तोलाको ७८ हजार आठ सय पुग्याे