नायिका केकी र आँचल बने एकैघरको बुहारी

काठमाडौँ / अभिनेत्री केकी अधिकारी र आँचल शर्मा एकै घरको बुहारी बन्ने भएका छन । यो सँगै उनीहरु अभिनित चलचित्र झिँगेदाउको निकै चर्चा छ । अहिले यस चलचित्रको छायांकन भइरहेको छ ।छायांकन चलिरहँदा अभिनेत्री अधिकारी र शर्माको नयाँ लुक्स सार्वजनिक भइरहेको छ । आँचल शर्मा र केकीको गाँउले लुक्स देखिएको थियो । यी दुबैले आफ्नो नयाँ लुक्स सामाजिक सञ्जालमा शेयर गरेका थिए ।

अभिनेत्री आँचलले पहिलो पटक यस चलचित्रमार्फत गाउँमा बस्ने एक विवाहित महिलाको भूमिका निभाउदैछिन् । त्यस्तै केकी अधिकारी पनि गाँउले महिलामा देखिदैछिन् । यस चलचित्रको छायांकन भइरहेको छ । यस चलचित्रमा अभिनेत्री केकी अधिकारी जेठानी दिदी बन्ने र आँचल शर्मा देवरानी बन्ने चर्चा छ ।

The post नायिका केकी र आँचल बने एकैघरको बुहारी appeared first on Purbeli News.

डढेलो नियन्त्रणका क्रममा मृत्यु भएका स्वयमसेवकका परिवारलाई विशेष सम्मान

Previous articleटिकटकले डुबायो भद्रगोलका ‘रक्षा’ र ‘बले’ लाइ
Next articleगायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता, यस्ताे हुन सक्छ सजाय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।