नायिका केकी र आँचल बने एकैघरको बुहारी

0
65

काठमाडौँ / अभिनेत्री केकी अधिकारी र आँचल शर्मा एकै घरको बुहारी बन्ने भएका छन । यो सँगै उनीहरु अभिनित चलचित्र झिँगेदाउको निकै चर्चा छ । अहिले यस चलचित्रको छायांकन भइरहेको छ ।छायांकन चलिरहँदा अभिनेत्री अधिकारी र शर्माको नयाँ लुक्स सार्वजनिक भइरहेको छ । आँचल शर्मा र केकीको गाँउले लुक्स देखिएको थियो । यी दुबैले आफ्नो नयाँ लुक्स सामाजिक सञ्जालमा शेयर गरेका थिए ।

अभिनेत्री आँचलले पहिलो पटक यस चलचित्रमार्फत गाउँमा बस्ने एक विवाहित महिलाको भूमिका निभाउदैछिन् । त्यस्तै केकी अधिकारी पनि गाँउले महिलामा देखिदैछिन् । यस चलचित्रको छायांकन भइरहेको छ । यस चलचित्रमा अभिनेत्री केकी अधिकारी जेठानी दिदी बन्ने र आँचल शर्मा देवरानी बन्ने चर्चा छ ।

The post नायिका केकी र आँचल बने एकैघरको बुहारी appeared first on Purbeli News.

उपाध्यक्ष पौडेलसहितको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

Previous articleह्यारी र मेगनको शाही उपाधि समाप्त
Next articleविधेयकको विरोधमा कांग्रेसको ज्ञापन पत्र