
३४ वर्षीय विल्डरलाई पराजित गरेसँगै ३१ वर्षका फ्युरी दोस्रोपटक हेभिवेट च्याम्पियन बनेका छन्।

बक्सिङ खेलका महान खेलाडी रिटायर्ट बक्सर माइक टाइसनलाई पराजित गर्ने अभिव्यक्ति दिएका विल्डरलाई फ्युरीले सातौं राउण्डमा नकआउट गरेका थिए।
शनिबार राति अमेरिकी शहर लासभेगासमा आयोजित खेलमा फ्युरीले विल्डरलाई जित्दै उनको पाँचवर्षे दबदबालाई तोडेका हुन्।
हालको खेल रिम्याच हो यसअघि पनि फ्युरी र विल्डरबीच प्रतिस्पर्धा भएको थियो। सन् २०१८ मा दुवैबीच भएको खेल ड्र भएको थियो।

विल्डर र फ्युरी
Wow!!! Fury by TKO!!! #FuryWilder2 pic.twitter.com/HVhKs0QJE7
— The Combat Republic (@combatrepublic) February 23, 2020
यसअघि माइक टाइसन आफ्नो पालाको भएको भए आफूले टाइसनलाई पराजित गर्ने भनेर विल्डरले अभिव्यक्ति जनाउँदा उनको आलोचना भएको थियो।
टाइसनले उनको अभिव्यक्तिमा प्रतिक्रिया जनाउँदै आफूलाई विल्डर मनपर्ने भएपनि उनले अहिलेसम्म कडा बक्सरसँग नभिडेको र उनले खेलेका खेलाडीको नाम अहिलेसम्म नचिनेको बताएका थिए।
टाइसनको पक्षमा अभिँदै अर्का रिटायर्ड बक्सर लेनोक्स लुविसले भनेका थिए,‘टाइसनको प्रत्येक पन्चले हड्डी भाँच्चिन्थ्यो। मलाई लाग्दैन वेल्डरले माइकलाई जित्ने थिए। मैले अहिलेसम्म टाइसनजस्तो खतरनाक बक्सर देखेको छैन।’
लुविसका अनुसार टाइसनले विल्डरको पनि हड्डी भाँच्ने थिए। एजेन्सी

फ्युरी


