दक्षिण कोरियामा कोरोनाबाट संक्रमित दोब्बरले बढ्दा गयो पाचौं ज्यान, विश्वभर ८० हजार संक्रमित

बितेको २४ घण्टामा कोरोना संक्रमित दोब्बरले बढ्दा त्यहाँ आइतबारसम्म कोरोनाबाट संक्रमितको संख्या ५५६ पुगेको छ।

४८ घण्टाको अवधिमा कोरियामा ३५० जना संक्रमित भएका छन्।

आइतबार डेग्यु क्षेत्रका मेयरले डेग्यु र जियोङस्याङ प्रान्तका मानिसहरुलाई चहलपहल कम गर्न आग्रह गरेका थिए। मेयर क्वन योङ–जिनले भनेका थिए,‘डेग्यु र उत्तरी जियोङस्याङ प्रान्त कोरोनाबाट अतिप्रभावित क्षेत्र हो।‚

शनिबार राति प्रधानमन्त्री चुङ से–क्युनले सर्वसाधारणलाई सरकारसँग समन्वय गर्न आग्रह गरेका थिए।

उनले कोरोनाको संकेतहरु देखा परे घरमा नलुक्न र अस्पताल जान आग्रह गरेका छन्।

आइतबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर ७९ हजार ९३० जनामा कोरोनाको संक्रमण देखिएको छ।

मृतकको संख्या २ हजार ४६१ जनाको मृत्यु भइसकेको छ।

चीनमा मात्र २ हजार चारसय जनाको मृत्यु भएको छ भने त्यहाँ ७८ हजारभन्दा बढी संक्रमित छन्।

मिथिलाञ्चलको ‘महाकुम्भ’ मध्यमा मिथिला परिक्रमा सम्पन्न

Previous articleशेयर बजार : डेढ घण्टामा १ अर्ब २९ करोड कारोवार
Next articleकोरोनाको प्रकोपपछि इटालीका दुई दर्जन शहर ठप्प, क्वारेन्टाइनको नियम पालना हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।