Home Uncategorized प्रचण्डले डोला उठाउदै भने ‘प्रदेश २ मा सरकार परिवर्तन हुन्छ’

प्रचण्डले डोला उठाउदै भने ‘प्रदेश २ मा सरकार परिवर्तन हुन्छ’

जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रको महाकुम्भ मानिने १५ दिने मिथिला मध्यमा परिक्रमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डोला उठाएर उद्घाटन गरेका छन् ।

नेपाल भारतकै सांस्कृतिक सम्बन्ध कायम राख्दै आएको माध्यमिकी परिक्रमामा धनुषाको मिथिलाबिहारी नगरपालिकाको कचुरी स्थित मिथिला बिहारी मन्दिरबाट डोला र जनकपुरको रत्नसागर मन्दिरबाट माता सीताको डोलाको प्रमुख सहभागिता रहने गरेको छ ।

दुवै मन्दिरबाट उठेको डोला जनकपुरधामको हनुमान नगरस्थित हनुमान गढीबाट उठेपछि औपचारिक शुभारम्भ हुने परम्परा छ । डोला उठाउने अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रदेश नम्बर २ मा सरकार परिवर्तन हुने दाबी गरेका छन् ।

प्रदेश २ मा सरकार परिवर्तन हुन्छ
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ को सरकार परिवर्तन हुने भन्दै यसका लागि राजपा नेपालसंग आन्तरिक कार्यहरु भईरहेकोले गृहकार्य सम्पन्न भएलगत्तै प्रदेश सरकार फेरिने जानकारी दिए ।

उनले मिथिलाविहारी नगरपालिका स्थित कचुरीको मिथिलाविहारीको मन्दिर छेउमा धर्मशाला बनाउने घोषणा गरे । उनले भने ‘यहाँ धर्मशालाका बनाउन अत्यन्त जरुरी छ । मेरो तर्फबाट जति सम्भव सहयोग गर्छु । कुनै कमी रहन दिन्न’ ।

मिथिला मध्यमा परिक्रमाले नेपाल–भारतको लागि महाकुम्भ भएको भन्दै अध्यक्ष प्रचण्डले दुवै देशको धार्मिक संस्कृति आदान प्रदानमा ठुलो योगदान पुर्याइरहेको बताए । आफु पहिलो पटक प्रधानमन्त्री रहेको बेला परिक्रमा मार्गको लागि सहयोग गर्ने अवसर पाएको स्मरण गर्दै उनले मिथिलाविहारी परिषद गठन गर्न पनि आफ्नो सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

सो अवसरमा मिथिला विहारी डोलामाथि हेलिकप्टरबाट पुष्प वर्षा समेत गरिएको छ । फागुन शुक्ल औंसी तिथीको दिन कचुरीबाट मिथिला बिहारीको डोला जनकपुरधामस्थित रत्नसागर मन्दिर हुँदै हनुमाननगरमा विश्राम गरी सोमबार बिहानै भारतको कलना स्थित कल्याणेश्वर मन्दिरको लागि प्रस्थान गर्नेछन् ।

१५ दिने अवधिमा १५ वटा धार्मिक ऐतिहासिक ठाँउहरु मध्ये ९० किलोमिटर नेपाल र ३० किलोमिटर भारतको गरि जम्मा १ सय २० किलोमिटर भु–भागको यात्रा मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत गरिने परम्परा रहेको छ ।

The post प्रचण्डले डोला उठाउदै भने ‘प्रदेश २ मा सरकार परिवर्तन हुन्छ’ appeared first on Rajdhani Daily News.

होलीमा उच्छृंखल गतिविधिमा संलग्न २५ पक्राउ , दुई हजार सवारीसाधन कारबाहीमा

Previous articleइट्टा उद्योगले स्वास्थ्यमा गम्भीर असर पार्ने कार्बनको प्रयोग गरेको भेटियो
Next articleनेप्से ६९.५६ अंकले बढ्यो, साढे तीन अर्वको कारोबार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।