राजविराज । राजविराजमा रहेको इट्टा उद्योगहरुमा जनस्वास्थ्यमा गम्भीर असर पु-याउने कार्बनको प्रयोग भईरहेको खुलासा भएको छ ।
इट्टा व्यवसायी संघ, जिल्ला प्रहरी कार्यालय तथा सरोकारबाला निकायका प्रतिनिधिहरुको संयुक्त अनुगमन टोलीले शनिवार साँझ इट्टा उद्योगहरुको अनुगमन गर्दा यस्तो खुलासा भएको हो ।
अनुगमन टोलीमा इट्टा व्यवसासी संघका अध्यक्ष दुर्गानन्द साहका साथै प्रहरी र सरोकारबाला अन्य निकायका प्रतिनिधिहरु खटिएका थिए । अनुगमनको क्रममा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित न्यु नेपाल इट्टा उद्योगबाट कार्बन बोकेको दुई वटा ट्रयाक्टर नियन्त्रणमा लिई कार्वाहीका लागि प्रहरीमा समेत बुझाईएको छ ।
इट्टा व्यवसायी संघ सप्तरीका अध्यक्ष साहको नेतृत्वमा खटिएको टोलीले कोईला र दाउराको साटो अत्यधिक मात्रामा कार्बनको प्रयोग गरि इट्टा उत्पादन गरिरहेको फेला पारेपछि इट्टा उद्योग परिसरमा कार्बन बोकेको स.१ त २२९४ र स.१ त ३५३० नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिई कार्वाहीका लागि इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा बुझाएको छ ।
कार्बनको अत्यधिक प्रयोग गरि इट्टा उत्पादन गरिरहेको गुनासोको आधारमा इट्टा पकाईरहेको बेला गएराती १० बजेतिर खटिएको अनुगमन टोलीले कोईला र दाउराको साटो अत्यधिक मात्रामा कार्बनको प्रयोग गरि इट्टा उत्पादन गरिरहेको पाईएपछि कार्बन बोकेको ट्रयाक्टर नियन्त्रणमा लिएर कार्वाहीका लागि प्रहरीमा बुझाएको अध्यक्ष साहले जानकारी दिए ।
इट्टा उद्योगले प्रयोग गर्ने गरेको कार्बनले मानव स्वास्थ्यमा गम्भीर असर पार्नुको साथै त्यसक्षेत्रको वातावरणमा समेत प्रतिकुल असर पर्ने खतरा रहेकोले कार्बन प्रयोगलाई निरुत्साहित गर्न अनुगमन शुरु गरिएको अध्यक्ष साहको भनाई छ ।
The post इट्टा उद्योगले स्वास्थ्यमा गम्भीर असर पार्ने कार्बनको प्रयोग गरेको भेटियो appeared first on Rajdhani Daily News.