सताक्षी गोल्डकपको उपाधि मछिन्द्रलाई

सताक्षी गोल्डकपको उपाधि ए डिभिजन लिग विजेता मछिन्द्र क्लवले उचालेको छ। झापाको झिलझिलेमा आइतबार भएको फाइनलमा रुस्लान थ्री स्टार क्लबलाई १–० ले हराउँदै मछिन्द्रले मोफसलको उपाधि जितेको हो। 

उपाधिसहित मछिन्द्रले ६ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको थ्रीस्टारले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ।

खेलको तेस्रो मिनेटमा नै विमल घर्ती मगरले पेनाल्टीमा गरेको गोल नै खेलको निर्णायक बन्यो। अशोक खवासले सोनी डि लाई पेनाल्टी एरियामा लडाएपछि मछिन्द्रले पेनाल्टीको पाएको थियो।

खेलमा दुवै टोलीले गोल गर्ने केहि अवसर पाए पनि सदुपयोग गर्न सकेनन्। विमल र विशाल राई ‘बी’ को प्रहार क्रसबारमा लागेर फर्केको थियो।

धरहराकाे काममा तीव्रता : ९ तलासम्म उठिसक्याे, खटिएका छन् १५० कामदार

Previous articleचार खेलसम्म गोल गर्न नसकेका मेस्सीले एकै खेलमा चार गोल गरे
Next articleइटालीमा कोरोनाबाट संक्रमित १ सय ३२ पुगेपछि सिरि एका ३ खेल स्थगित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।