इटालीमा कोरोनाबाट संक्रमित १ सय ३२ पुगेपछि सिरि एका ३ खेल स्थगित

आइतबार हुने भनिएको तीन खेलः इन्टर मिलान र साम्दोरिया, हेलास भेरोना र क्यागलियारी तथा एटलान्टा र सासुलोबीचको खेल स्थगित गरिएको सीएनएनले जनाएको छ।

यसैबीच कोरोनाभाइरस ‘कोभिद–१९’को प्रकोपपछि इटालीका दुई दर्जन शहर ठप्प पारिएका छन्।

आइतबारसम्मको तथ्यांकअनुसार इटालीमा कोरोनाले दुई व्यक्तिको मृत्यु भइसकेको छ भने संक्रमतिको संख्या बढेर १३२ पुगेको छ।

कोरोना धेरै व्यक्तिमा सर्न थालेपछि इटालीको उत्तरी क्षेत्र लोमबार्डी र भेनेतोका २४ भन्दा बढी शहरहरु ठप्प पारिएको बीबीसीले जनाएको छन्।

त्यस शहरहरुमा बस्ने ५० हजार मानिसले अब क्वारेन्टाइनको नियम पालना गर्नुपर्ने त्यहाँको सरकारले जनाएको छ।

इटालीका प्रधानमन्त्री ग्युसिप्पे कोन्टेले शनिबार आपतकालीन अवस्था घोषणा गर्दै क्वारेन्टाइनको नियम पालना गर्नुपर्ने स्थानका मानिसलाई प्रशासनलाई नसोधी घरबाट निस्कन नपाउने बताएका छन्। एजेन्सी

खानेपानी तथा सरसफाइ क्षेत्र व्यवस्थापन

Previous articleसताक्षी गोल्डकपको उपाधि मछिन्द्रलाई
Next articleभ्रष्टाचारको खोजी गरी सार्वजनिक गर्न छायामन्त्रीलाई कांग्रेसको निर्देशन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।