विश्वभर कोरोना संक्रमितको संख्या ७९ हजार नाघ्यो, कहाँ कति जनाको मृत्यु भयो?

चीनको उहानबाट उत्पन्न भएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर संक्रमित हुनेकाे संख्या ७९ हजार नाघेको छ।

सोमबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ७९ हजार १ सय ४० पुगेको हो। जसमध्ये चीनमा मात्रै ७६ हजार ९ सय ३६ जना संक्रमित भएका हुन्।

यसैगरी अहिलेसम्म उक्त भाइरसको संक्रमणबाट विश्वभर २ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमणबाट अहिलेसम्म चीनमा मात्रै २ हजार ४ सय ४२ जनाको मृत्यु भएको हो। चीनबाहिर २६ जनाको मृत्यु भएको छ।

जसअनुसार दक्षिण कोरियामा ७, इरानमा ८, जापानमा ४, इटालीमा २, हङकङमा २, ताइवानमा १, फ्रान्समा १, फिलिपिन्समा १ जनाको मृत्यु भएको हो।

याे पनि :

कोरियामा कोरोना संक्रमित ७६३ पुगे, एकै दिन १६१ जना संक्रमित

जीपबाट खसेर एकको मृत्यु

Previous articleशिल्पा पनि सेरोगेसी आमा
Next articleग्याल्बो ल्होसारमा नेकपा अध्यक्ष दाहाल दिए शुभकामना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।