काठमाडौं, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ग्याल्बो ल्होसार पर्वले आपसी भ्रातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्ने बताएका छन् ।
उनले ग्याल्बो ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै यस्ता पर्वले देशलाई आर्थिक समृद्धिमा लैजान सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
शुभकामना सन्देश जारी गर्दै नेपाली समाज बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले भरिएकाले अनेक जातीय समुदायसँगको सामिप्यता र सम्मानजनक सामाजिक सद्भाव नेपाली समाजको विशेषता रहेको उल्लेख गरे ।
“देशको यही विविधताभित्रको एकता नै नेपाल र नेपालीको मौलिक पहिचान हो । यस पर्वका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।” सन्देशमा भनिएको छ ।
The post ग्याल्बो ल्होसारमा नेकपा अध्यक्ष दाहाल दिए शुभकामना appeared first on Koshi Online.
बढ्न थाले पञ्चाङ्ग निर्णायक विकास समितिसँग स्वीकृति लिने भित्तेपात्रोको सङ्ख्या