दक्षिण कोरियाका नेपालीलाई देउवाको सन्देश : भाइचारा अभिवृद्धि गर्दै कोरानाविरुद्ध लाग्नू

काठमाडौं । दक्षिण कोरिमा कोरोना भाइरसको संक्रमण तीव्र भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सचेत रहन त्यहाँका नेपालीलाई सन्देश पठाएका छन् ।

नेपाली जनसम्पर्क समितिलाई सन्देश पठाउँदै सभापति देउवाले कोरियामा रहेका सबै नेपाली संघसंस्थाहरुले आपसी भाइचारा अभिवृद्धि गर्दै एकतावद्ध भइ कोरोनाविरुद्धको काममा लाग्ने भनेका छन् ।

नेपाली कांग्रेस कोरियामा रहेका सम्पूर्ण नेपालीको सुरक्षाप्रति संवेदनशील रहेको भन्दै सभापति देउवाले सरकार र दूतावासलाई समेत ध्यानाकर्षण गराएको उल्लेख गरेका छन् ।

पछिल्लो समय दक्षिण कोरियाको थुगु सहरमा भाइरसको संक्रमण तीव्र भएपछि त्यहाँ कार्यरत नेपालीहरुमा पनि त्रास फैलिएको छ । सहकर्मीबाटै कोराना भाइरस सर्न सक्ने भएकोले नेपालीहरु पनि जोखिममा रहेका छन् ।

लापरवाहीका कारण दुईको ज्यान गयो

Previous articleमाक्सवाद नबुझ्नेहरु कम्युनिष्टको विरोध गर्छन् : प्रधानमन्त्री ओली
Next articleकञ्चनपुरमा अढाई लाख रुपैयाँका कुखुरा नष्ट
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।