भलिबल खेलाडीद्वय सरस्वती र कुलबहादुर सम्मानित

राष्ट्रिय भलिबल टोलीका सरस्वती चौधरी र कुलबहादुर थापालाई मनोरञ्जन रमण शर्मा अवार्डबाट सम्मान गरिएको छ।

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले स्थापना गरेको अक्षयकोषबाट महिलातर्फ सरस्वती चौधरी र पुरुषतर्फ कुलबहादुर थापालाई अवार्ड प्रदान गरिएको हो। अक्षयकोषबाट दुवै जनाले समान ३५ हजार रुपैयाँ प्राप्त गरे।

चोटका कारण सरस्वती भने कार्यक्रममा उपस्थित भइनन्। दायाँ खुट्टाको गोलीगाँठामा समस्या भएपछि उनलाई चिकित्सकले कम्तीमा तीन साता आराम गर्न सल्लाह दिएका छन्।

भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएपछि अध्यक्ष शर्माले १० लाखको अक्षय कोष स्थापना गरेका थिए। अक्षय कोषबाट आएको ब्याज रकमलाई शर्माले अवार्डको नाममा एक पुरुष र एक महिला खेलाडीलाई सम्मान गर्दै आएका छन्।

यसैबीच नेपाल भलिबल संघले बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला च्याम्पियनसिपको विजेता नेपाली टोलीलाई जनही १० हजार रुपैयाँ प्रदान गरेको छ।

कोरोना भाइरसको असर अर्थतन्त्रमा, अर्बौ डलर खर्च गर्ने प्रकोप प्रभावित देशको योजना

Previous articleफेवातालमा डुंगा पल्टँदा एकजना वेपत्ता, २ को उद्धार
Next articleनेपाली क्रिकेट टोली बिहीबार थाइल्याण्ड जाँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।