फेवातालमा डुंगा पल्टँदा एकजना वेपत्ता, २ को उद्धार

पोखराको फेवातालमा सोमबार दिउसो डुंगा पल्टदाँ एकजना वेपत्ता भएका छन् भने अन्य २ जनाको सकुशल उद्दार गरिएको छ।

हराउनेमा काठमाडौं–१०, कपन बस्ने २७ वर्षीय सुमित भन्ने रामशरण लुइँटेल रहेका छन्।

डुंगामा रहेका सोही ठाउँका ३७ वर्षीय सुविन चालिसे र २८ वर्षीय रुपेश अधिकारीको भने त्यहाँ रहेको सशस्त्र प्रहरीको उद्धार टोली र हल्लनचोकमा रहेको कन्ट्रोल रुम भेइकलको टिमले उद्धार गरेको हो ।

उनीहरु दिउसो आफैले डुंगा चलाएर फेवाताल घुम्न निस्केका थिए।

दिउसो उनीहरु चढेको डुंगामा एकाएक पानी भरिएपछि डुंगा पल्टेको थियो। उनीहरुले फेवातालको सिरानतिर पर्ने खपौँदीबाट डुंगा लिएर फेवातालमा निस्केको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी

राजकुमार केसीले जानकारी दिए। हराएकाको खोजी भइरहेको उनले जनाए।

परिवर्तनको अनुभूति हुने गरी कार्यसम्पादन गर्न मन्त्री बडूको निर्देशन

Previous articleट्रम्प भ्रमणका बेला भारतमा हिंसा, प्रदर्शनकारीको ढुंगा लागेर एक प्रहरीको मृत्यु
Next articleभलिबल खेलाडीद्वय सरस्वती र कुलबहादुर सम्मानित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।