ब्रेकफेल भएको ट्रकले दियो ९ सवारी साधनलाई ठक्कर, एककाे मृत्यु

काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ९ वटा सवारी साधनलाई ठक्कर दिएको छ।

सोमबार साँझ थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकले ढुंगाअड्डाको ओह्रालोमा अगाडिका स्कुटर, मोटरसाइकल, कार, ट्याक्सीलगायतलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। त्यस क्रममा एक जनाकाे मृत्यु भएकाे छ भने पाँचजना घाइते भएका प्रहरीले जनाएको छ।

ट्रककाे ठक्करबाट स्कुटी चालक चितवनका २५ वर्षीय शमसेर गुरुङकाे मृत्यु भएकाे प्रहरी प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।

घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ।

ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

घटनाकाे थप विवरण आउन बाँकी छ।

अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दाे, मृत्यु हुनेको संख्या ३८ पुग्यो

Previous articleएकै रात आधा दर्जन घरमा चोरी
Next articleपहिलो पटक चन्द्रमामा यान अवतरण गराउन सहयोग गर्ने गणितज्ञको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।