सावित्राको गाेलमा गाेकुलमको अपराजित यात्रा कायमै

राष्ट्रिय टोलीकी सावित्रा भण्डारी सम्मिलित गोकुलम केरला एफसीले भारतीय महिला लिग फुटबलमा लगातार चौथो जित निकालेको छ।

ब्यांग्लोर फुटबल स्टेडियममा मगंलबार भएको खेलमा ब्यांग्लोर युनाइटेड फुटबल क्लबलाई ४–१ ले पराजित गर्दै लिगमा लगातार चौथो जित निकालेको हो।

मंगलबारको खेलमा सावित्राले ४६ मिनेटमा टाेलीका लागि एक गोल गरेकी हुन्। जारी लिगमा सावित्रा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन्। समूह ‘बी’को शीर्ष स्थानमा रहेको सावित्राको गोकुलम एकमात्र अपराजित टोली हो। ४ खेल खेलेको गोकुलम १२ अंक जोड्दै शीर्षस्थानमा यथावत् छ।

गोकुलमले खेलको तेस्रो मिनेटमा नै ब्यांग्लोर युनाइटेडकी कोमल कुमारीको आत्मघाती गोलमा अग्रता बनाएको थियो। त्यसको २ मिनेटपछि ब्यांग्लोरकी सत्यवती काडियाले बराबरी गोल फर्काइन्।

पहिलो हाफ निकै प्रतिस्पर्धात्मक भएको खेलमा दोस्रो आफमा गोकुलमले दबाब बनाएको थियो।

खेलको ५१ र ५९ मिनेटमा व्यक्तिगत पहिलाे र दाेस्राे गाेल गरेकी कमलाले दोस्रो हाफको इन्जुरी समयमा अर्काे गोल थप्दै ह्याट्रिक पूरा गरिन्।

इट्टा उद्योगले स्वास्थ्यमा गम्भीर असर पार्ने कार्बनको प्रयोग गरेको भेटियो

Previous articleस्वर्गीय नेता गणेशमान सिंहको सम्झनामा १० किमि दौड प्रतियोगिता हुने
Next article‘भिजिट नेपाल २०२०’ नेपाललाई पहिलो गाँसमा नै ढुङ्गा पर्‍यो : सांसद देवेन्द्र कँडेल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।