कोरोनाले विश्वव्यापी महामारी ल्याउन सक्छः विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस विश्वभरी महामारी निम्त्याउनसक्ने चेतावनी दिएको छ।

यद्यपि अहिले नै यो भाइरसले विश्वव्यापी महामारी नरहेको बताएको छ।

‘यो भाइरसले विश्वव्यापी महामारी ल्याउने सम्भावना छ? पक्कै पनि,’ संगठनका प्रमुख टेड्रोस अधानम गेब्रेयससले भने, ‘हामी महमारीमा पुगिसकेका छौँ त? अहिले नै छैनौँ।’

उनले सम्पूर्ण मुलुकले भाइरस नियन्त्रणमा ध्यान दिनुपर्ने पनि बताए। एजेन्सी

सबै सेवा पाउनु जनताको मौलिक अधिकार हो : राष्ट्रपति भण्डारी

Previous articleनेपालसँगको श्रम सम्झौता अद्यावधिक गर्न कतार तयार
Next articleकोरोना भाइरसबाट इरानमा १२ जनाकाे मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।