दोलखा । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै दोलखा महोत्सव आयोजना हुने भएको छ । जिल्लामा उत्पादन भएका बस्तुहरुको प्रदर्शनका लागि निशुल्क स्टलको व्यवस्था गर्दै पहिलो पटक दोलखा उद्योग बाणिज्य संघले फागुन २१ गतेदेखि ३० गते गर्ने भएको हो ।
जिल्लालाई आर्थिक,सामाजिक ,शैक्षिक र साँस्कृतिकरुपमा मजबुत बनाउने उदेश्यका साथ महोत्सवलाई गर्न लागेको दोलखा उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवमा १ सय ५० वढी स्टल राखिने छन । ५० हजार भन्दा बढीले महोत्वको अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवमा लगानी सम्मेलन समेत हुने छ ।

दोलखा जिल्लामा बढी भन्दा बढी लगानीकर्ता ल्याई रोजगारी सिर्जना गर्ने उदेश्य महोत्सवमा लगानी सम्मेलन समेत गर्न लागेको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले बताए । जसका लागि जिल्लाका मेघा परियोजना पहिचान गरी लगानीकर्ता समक्ष प्रस्ताव गरिने अध्यक्ष श्रेष्ठले बताए ।
लगानी सम्मेलन, राष्ट्रिय तथा स्थानीय कलाकारको मनोरञ्जनात्मक प्रस्तुति, साहसिक खेल, जिल्लाका जातजातिको सांस्कृतिक झल्कने कार्यक्रम, धार्मिक एवं पर्यटकीय क्षेत्रका फोटो तथा वृत्तचित्र प्रदर्शन, हेलिकप्टर मार्फत जिल्लाका प्रसिद्ध स्थलहरुको अवलोकन गराउने लगायतका आकर्षक कार्यक्रमको तय गरिएको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
सुचना प्रविधिको प्रर्दशनी, सास्कृतिक कार्यक्रम, जलविद्युत आयोजनाबारे छलफल, हेलिकप्टर मार्फत दृष्य अवलोकन, लाखे नाच प्रर्दशनी, स्थानीय उत्पादनहरुको प्रर्दशनी, दोलखा फोटो प्रर्दशनी जस्ता आर्कषण रहने संघका महासचिव हेमराज रिमालले बताए ।
महोत्सवको अवसर पारेर दोलखामा रहेको होटलहरुले विशेष छुट प्याकेज समेत ल्याउने उनले जानकारी दिए । दोलखा सदरमुकाम चरिकोट स्थित टुँडिखेल मैदानमा हुने महोत्वसमा एक करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ । रिमालले जिल्लाको आर्थिक, सामाजिक र साँस्कृतिक क्षेत्रमा प्रभाव पार्ने भएकोले महोत्सवलाई सफल बनाउन सवैले सकारात्मक भुमिका निर्वाह गर्न अनुरोध ुमेत गरेका छन् । दोलखालाई पर्यटन हवको रुपमा विकास गर्न महोत्सव प्रभावकारी हुनेछ ।
The post दोलखा उद्योग बाणिज्य संघको इतिहासमै पहिलो पटक महोत्सव र लगानी सम्मेलन गर्ने appeared first on Rajdhani Daily News.


